कोरोना भाइरसको नयाँ प्रजाति विकसित भएको चर्चाप्रति सचेत बनौं !

105
— राज्यलक्ष्मी शाक्यfacebook sharing button

विश्व मानव समूदायलाई आतंकित तुल्याइरहेको कोरोना भाइरसले नयाँ जन्म  बेलायतमा लिएको छ । बेलायतमा  कोरोना भाइरसको नयाँ प्रजाती फेला परको चर्चाले विश्व आतंकित बनेको छ ।  विभिन्न मुलुकहरुले अहिले उडानमा रोक लगाएको विश्वभरका विभिन्न सञ्चार माध्यमहरुमा समाचार आएको छ । हुन्त यो अहिले  क्रिसमस र नयाँ वर्षलाई मध्यनजर गरी विभिन्न प्रकारका यात्राहरुमा प्रतिबन्धात्मक नियमहरु पनि लागु गरिएको छ । यसको असर नेपालमा पनि नपर्ला भन्न सकिदैन । वर्तमान ओली नेतृत्वको सरकार कोरोना निर्मुल गर्नेतिर लाग्नु पर्ने अवस्थामा संसद विघटन गरेर देशमा अराजकता  सृजना गराइएको छ । कोरोना निर्मुल अभियानमा सरकारको बढि नै  लाचारीपन देखिन्छ । जसको प्रत्यक्ष असर आम सर्वसाधारणमा पर्ने निश्चत छ । अहिले  जनतामा चेतना हुँदा हँुदै पनि जनतालाई बाध्यतापूर्वक सडकमा प्रर्दशन गर्ने वातारण बनाइएको छ । यो सरकारको सबै भन्दा ठूलो कमजोरी हो । जनतालाई सडकमा आउन नपर्ने परिस्थिति विकास गर्नुको सट्टा अराजकता सृजना गरेर देशलाई दुर्गतितर्पm धकेल्ने काम  भइरहेको छ । सरकारलाई खवरदारी गर्नु पर्ने राजनीतिक दलहरु निरिह बन्न पुगेका छन् ।

सरकारको तर्पmबाट कोरोना नियन्त्रणमा लिन गत चैतमा लकडाउन, निषेधाज्ञा,  जोरविजोर प्रणाली लगायतका प्रयासहरु भएका हुन् । सरकारबाट भएका सबै प्रयासहरुमा जनताले कष्टपूर्ण जीवन विताएरै भएपनि सहभागीता जनाएका हुन । तर सरकारबाट जनताको सदासयताको अवमूल्यन गरिएको छ ।

सरकारले कोरोना संक्रमण पैmलिन नदिनका लागि अपनाएका  सबै खालका निषेधहरुलाई अव  हटाइ सकिएको छ । अव कोरोनाले नेपालमा कुन रुप लिन्छ भनेर आंकलन गर्न सकिने अवस्था छैन । आम जनतामा देशको अवस्थाले आतंकीत वातारण विकसित गराएको छ । सर्वसाधारण जनताले सामान्य रुपमा पनि कोरोनाको उपचार सुविधा पाउन सकेका छैनन् । कोरोनाको परिक्षण शुल्क मात्रै तिर्न पनि सर्वसाधारणलाई कठिन भएकाले परिक्षण गर्न समेत नपाएर सर्वसाधारण जनता घरभित्रै बस्न बाध्य भएका छन् । उपचार भन्ने कुरा जनताका निम्ति असम्भव भइरहेको छ । सरकारले मृत्यु हुनेहरुको तथ्यांक सार्वजनिक गरिरहेको भएपनि कोरोनाबाट मृत्यु हुनेहरुको संख्या यथार्थ भन्दा धेरै फरक सार्वजनिक भइरहेको स्पष्ट छ ।

विश्व स्वास्थ्य संगठनले समेत बेला—बेलामा नेपाल सरकारलाई कोरोना भाइरसबाट पर्ने भावी असरका बारेमा चेतावनी दिदै आएको छ । तर पनि अहिले देशका प्रसिद्ध मठमन्दिरमा भिडभाडहरु बढेका छन् ।  भक्तजनहरु कोरोना भाइरसको वेवास्ता गर्दै पुजा पाठ गर्ने, भोज भतेर गर्ने तथा भीडभाड गर्ने क्रम बढि रहेको देख्न सकिन्छ । वास्तवमा भन्ने हो भने यो विश्व समूदाय लड्ने संक्रमणसँग नेपाल सरकारले लापर्वाही गरिरहेको छ ।

गत पुुुष ५ गते प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस लगायतले देशभरि प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध आन्दोलन शुरु गरेका छन् । सत्तासीन पार्टी विभाजित भएर देशभरिवाटै भेला गराउने प्रतिस्र्पधा चलेको छ । यो प्रतिस्पर्धाले सडकमा समेत जनताको बाक्लो उपस्थिति देखिने निश्चित छ । यसको परिणाम के हुने हो भोलिका दिनहरुमा जानकारी होला नै । सरकारले आफ्नो कार्यकर्ताहरुलाई पिसीआर परिक्षण निशुल्क गराइरहेको चर्चाले पनि व्यापकता पाएको छ । सर्वसाधारण जनताको हितप्रति वेवास्ता गर्ने सरकारलाई जनताले कसरी दण्डित गर्नुपर्ने हो  ? अव  सोच्नु पर्ने बेला आएको छ ।

राजनैतिक दलका कार्यकर्ताहरुले कोरना नियन्त्रणको सवालमा गम्भीर गल्ती गरिरहेका छन् । कोरोना भाइरसलाई सामान्य तवरले लिनु ठूलो मूर्खता हो । अहिले राजनितिक माहोल तातिएको छ ।  कोरोनाले धरासायी बनेको देशको अर्थतन्त्र, कृषि प्रणाली तथा युवा रोजगार तहनहस भएको छ । कोरोनाको संकट भन्दा ठूलो संकटका रुपमा सत्तासीन दलभित्रको आपसी द्वन्दलाई सत्तासीन दलका नेताहरुले लिएका छन् । यो अवस्थाले गर्दा कोरोनाको संकट नेपाली जनतावीच भोलिका दिनहरुमा झनै भयावह हुने सम्भावना देखिन्छ ।  -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here