चीनका यी महिलाले मस्तिष्कको महत्वपूर्ण भाग विना नै सामान्य जीवन विताउँदै

97

एजेन्सी । चीनका डाक्टरहरु अचम्ममा परे जब उनीहरुले एक जवान महिला मस्तिष्कको एक महत्वपूर्ण भाग विना नै दुई दशकदेखि सामान्य जीवन बिताइरहेको भेटे । ती महिलामा असाधारण मस्तिष्क थियो ।

२४ वर्षकि महिलामा अनौठो अवस्था पत्ता लागेको थियो जब उनी डाक्टरकोमा गएकी थिइन् । उनलाई लगातार एक महिनासम्म बान्ता भएको कारण उपचारको लागि डाक्टरकहा गएकी थिइन् । उनले डाक्टरलाई आफ्नो सम्पूर्ण जीवनमा चक्करको अनुभव भएको बताइन् । उनी ४ वर्षको हुदा सम्मपनि हिड्न सकिरहेकी थिइनन् र अहिले सम्म उनी हिड्न सक्दिनन् ।

जब डाक्टरहरुले उनको मस्तिष्कमा स्क्यान गरे, डाक्टरहरुले उनको मस्तिष्कमा सेरिबेलम नभएको पत्ता लगाए । सेरिबेलम मस्तिष्कको यस्तो भाग हो जसको अनुपस्थितिमा हिड्नेलगायतका अन्य कार्यहरु गर्न सकिदैन । उक्त स्क्यानले त्यो खाली ठाउमा सेरेब्रोस्पाइनलको तरल पदार्थले भरिएको देखाएको थियो भन्ने जानकारी द जर्नल ब्रेन पत्रिकामा प्रकाशित गरिएको छ । एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here