ओलीले गरेको संसद विघटनविरुद्ध धनगढीमा बयलगाडा र्‍याली

150

धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध धनगढीमा बयलगाडा र्‍याली निकालिएको छ।

नेकपा प्रचण्ड–नेपाल समूह समर्थक अनेरास्ववियू जिल्ला कमिटी कैलालीको आयोजनामा बयलगाडा र्‍याली निकालिएको हो।  दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न अप्ठ्यारो भयो भन्दै प्रतिनिधिसभा विघटन गरेर असंबैधानिक र प्रतिगामी कदम उठाएको अनेरास्ववियू कैलालीका सहसंयोजक विधार्थी नेता समीर जोशीले बताए।  धनगढीको क्याम्पस चोकदेखि पार्कमोडसम्मको उक्त र्‍यालीमा १६ वटा बयलगाडा प्रदर्शन गरिएको थियो।

ad 4 २०६२/०६३ सालको जनआन्दोलनताका ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए। सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले अहिले बयलगाडा प्रदर्शन गरेको हो।

प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूले माग गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here