चीनियाँ कम्युनिस्ट पार्टीभित्रको दक्षिण र ‘वाम’ लाइनहरूमाथि माओको विजयसँगै चीनियाँ क्रान्तिको विजय बारे

6

–हुकुमबहादुर सिंह

चीनियाँ क्रान्तिले विजय प्राप्त गर्नका लागि पार्टीभित्रको दक्षिण र ‘वाम’ लाइनहरूका विरूद्ध भिषण संघर्षको इतिहास छ । क्रान्तिको इतिहासमा सन् १९२४ देखि १९२६ को सुरूसम्मको समयमा सर्वहारा र किसानसित मिलेर चीनीयाँ क्रान्तिले तीब्रताकासाथ विकास ग¥यो । १९२५ मे ३० मा ब्रिटिस पुलिसद्धारा प्रदर्शनकारीहरूको आमहत्याका विरूद्ध देशैभरी जन समूहका सबै भागहरू संलग्न एउटा साम्राज्यवाद विरोधी जनताको आन्दोलनका रूपमा विरोध प्रदर्शन भयो । देश क्रान्ति र प्रतिक्रान्तिका बीचको एउटा निर्णायक लडाइको संघारमा थियो ।

 यद्यपि चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा त्यसवेलामा दुई भडकावहरूले प्लेगरोगले जस्तै ग्रस्त बनाएका थिए ।  पार्टीमा एकातिर त्यस समयको पार्टी महासचिव छन् तु–स्युद्धारा नेतृत्व गरिएको प्रभावशाली दक्षिणपन्थी अवसरवादी गुट थियो । उसले पुँजीवादी प्रजातान्त्रिक क्रान्तिको नेतृत्व  पुँजीपतिले नै लिनु पर्छ र क्रान्तिको लक्ष्य एउटा पुँजीवादी गणतन्त्र स्थापनाका निम्ति हुनु पर्छ भन्ने अडान लिएको थियो । उसको लाइन अनुसार पुँजीपति मात्रै एउटा त्यस्तो प्रजातान्त्रिक शक्ति थियो जोसित श्रमिक वर्गले एकता गर्नु पर्दथ्यो । उसले किसानसित मित्रता निर्माणको कुनै पनि सम्भावना देखेन । अर्कोतिर, त्यही केन्द्रीय समितिमा ‘वाम’ अवसरवादीहरू थिए, जसको प्रतिनिधित्व अखिल–चीन फेडरेसन अफ लेबर नेता चाङ कुओ–थाओले गरेको थियो । उसले केबल मजदुर वर्गको  आन्दोलन मात्रै देख्थ्यो । उसको तर्क यो थियो कि मजदुर वर्ग एक्लै क्रान्ति गर्न आफैमा काफी बलियो छ । यसरी उसको गुटले पनि किसानलाई इन्कार गर्दथ्यो ।

यी दुई भडकावहरूसित लड्नका लागि माओले दुईवटा अति महत्वपूर्ण दस्तावेजहरु प्रकाशित गर्नु भयो, जो माक्र्र्र्सवादी सिद्धान्तको विकासका लागि उहाँको पहिलो प्रमुख योगदान थियो ।  मार्च १९२६ मा उहाँले आफ्नो प्रशिद्ध कृति “चीनीयाँ समाजमा वर्गहरूको विश्लेषण ” बाहिर ल्याउनु भयो  र मार्च १९२७ मा उहाँको अर्को महत्वपूर्ण कृति “हुनानमा किसान आन्दोलनको एउटा अनुसन्धानमाथि प्रतिवेदन” प्रस्तुत गर्नु भयो । यी दुइवटा महत्वपूर्ण कामहरूद्धारा उहाँले चीनीयाँ क्रान्तिका सबैभन्दा आधारभूत प्रश्नहरूको उत्तर दिने कोशिस गर्नु भयो, ती प्रश्नहरु थिए– क्रान्तिका मित्रहरू  र शत्रुहरू को हुन, क्रान्तिका लागि को नेतृत्वदायी शक्ति हो  र को भरपर्दो र ढूलमूले मित्रहरू हो ? उहाँले तर्क गर्नु भयो कि पुँजीपति नभई सर्वहारा नै एउटा यस्तो शक्ति हो, जसले क्रान्तिको नेतृत्व गर्न सक्ने छ । यद्यपि सर्वहाराले एक्लै लडाई गरेर जित्न समर्थ हुने छैन् । उहाँले किसानको भूमिकामा जोड दिनुभयो,जुन सबैभन्दा नजिकको र सर्वहाराको सबैभन्दा घेरै अनगिन्ति संख्याको  मित्र हो । साथै उहाँले यो पनि देखाउनु भयो कि राष्ट्रिय पुँजीपति जसको दक्षिणपन्थ क्रान्तिको शत्रु र वामपन्थ क्रान्तिको एउटा मित्र रहने सम्भावना सहितको एउटा ढूलमूले मित्र हो । माओले जनसमूहलाई कसरी परिचालित गरिनु पर्दछ, एउटा क्रान्तिकारी सरकार स्थापना कसरी गरिनु पर्दछ र किसान सशस्त्र बलहरू किन र कसरी  संगठित गरिनु पर्दछ भन्नेवारे उहाँका विचारहरू पनि प्रस्तुत गर्नु भयो । यो माओको क्रान्तिकारी शक्तिहरूले कुन दिशा लिनु पर्छ भन्नका लागि स्पष्ट परिदृश्य थियो ।

त्यो समय उत्तरी अभियान (एक्सपिडिसन) को थियो, जुन चीनीयाँ क्रान्ति–पहिलो क्रान्तिकारी गृह युद्ध (१९२५–१९२७) को पहिलो चरणको एउटा निर्णायक मोड थियो । यो एउटा क्रान्तिकारी राष्ट्रिय संयुक्त मोर्चा (क्वोमिन्ताङ – चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको  संयुक्त मोर्चा) नेतृत्व अन्तरगत क्रान्तिकारी सेनाद्धारा गरिएको एउटा मार्च थियो । जुलाई १९२५मा चीनको दक्षिणमा रहेको क्वाङतुङबाट सुरू गरिएको थियो , यसको लक्ष्य क्रान्तिकारी युद्धमा साम्राज्यवादी समर्थित उत्तरी युद्ध सरदारहरूको प्रतिक्रियावादी सरकारलाई ध्वस्त पार्नु र चीनको स्वतन्त्रता र एकता हासिल गर्नु । उत्तरी अभियान (एक्सपिडिसन) सुरूमा समग्र दक्षिणी चीनसित गाँसिएको एउटा प्रमुख सफलता थियो र धेरैजसो दक्षिणी युद्ध सरदारहरू परास्त गरिए वा तिनीहरूमाथि विजय गरियो । उत्तरी अभियानको प्रभाव अन्तरगत त्यहाँ किसानबीच एउटा उमंग र उत्साह थियो । सर्वहाराले क्रान्तिकारी सेनाको पहलसित मिलाएर शहरहरूमा घेरै सशस्त्र विद्रोहका चरणहरू पार गरे । चीनको सबैभन्दा ठूलो औद्योगिक र व्यापारिक शहर शांघाइ समेत सशस्त्र मजदुरहरूको विद्रोहका तीनवटा प्रयासहरूपछि मार्च १९२७ मा मुक्त गरियो ।

प्रमुख विजयहरू प्राप्त गरेपछि यद्धपि च्याङ काइ–सेक (१९२५मा सन यात–सेनको मृत्युपछि क्वोमिन्ताङको प्रमुख बन्यो) द्धारा प्रतिनिधित्व गरिएको पुँजीपति गुटले संयुक्त मोर्चालाई तोड्यो । अप्रिल १९२७ को अर्को क्वोमिन्ताङ गुटले साम्राज्यवादीहरूद्धारा समर्थित आमहत्याहरू देशका विभिन्न भागहरूमा कम्युनिष्ट क्याडरहरूमाथि गरिए । चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको दक्षिणपन्थी अवसरवादी छन् तु–स्यु नेतृत्वले यद्यपि, क्वोमिन्ताङ प्रतिक्रियावादीहरू विरूद्ध मजदुरहरू र किसानहरू परिचालन गर्नुको वदलामा उनीहरूका अगाडि आत्मसमर्पण ग¥यो । जुलाई १९२७ मा अर्को तर्फ क्वोमिन्ताङ गुटले कम्युनिष्टहरूका विरूद्ध नरसंहार चलायो । यसको परिणाम संयुक्त मोर्चा भंग भयो र पहिलो क्रान्तिकारी युद्धको हार भयो ।

तु–स्युको दक्षिणपन्थी लाइन,जुन पहिलो क्रान्तिकारी गृहयुद्धको पुरै अवधिभरी  प्रभावित रहयो, यो अवधिका दौरान क्रान्तिको असफलताका लागि मह्त्वपूर्ण कारणहरूमध्ये एक थियो ।  यद्यपि माओले यो दक्षिणी लाइनका विरूद्ध संघर्ष गर्नु भयो, उहाँले पार्टीमा बहुमतको समर्थन जित्न सक्नु भएन । वास्तवमा अप्रिल १९२७ मा यो अवधिमा आयोजित पाचौ राष्ट्रिय कंग्रेसमा छन् तु–स्युले माओलाई केन्द्रीय समितिबाट हटाउन सफल भयो ।

अगस्त १९२७ मा अर्को अवधिको सुरूमै, जसलाई चीनीयाँ क्रान्तिको इतिहासमा द्रोस्रो क्रान्तिकारी गृहयुद्ध (१९२७–१९३७) को अवधि भनिन्छ, त्यसमा छन् तु–स्युलाई उसको दक्षिणपन्थी अवसरवादको एउटा स्पष्ट आलोचनापछि महासचिवका रूपमा हटाइयो । माओलाई पुनः केन्द्रीय समितिमा फिर्ता ल्याइयो र नयाँ वनाइएको प्रोभिजनल पोलिटब्यूरोको वैकल्पिक सदस्य बनाइयो । यद्यपि छन् तु–स्यको दक्षिणपन्थी लाइनको सही आलोचनालाई छु छिउ–पाइ जो रसियामा तालिमपछि फर्केका एकजना बुद्धिजीवी कमरेड थिए, जसको नेतृत्वमा चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा ‘वाम’ लाइनको प्रभुत्व थियो, ले गरेका थिए । यो लाइनले एउटा गलत मूल्यांकन बनाएको थियो कि चीनीयाँ क्रान्ति एउटा ‘निरन्तर अगाडि बढिरहेको अवस्था’मा थियो,र त्यसकारण घेरै शहरहरूमा शसस्त्र विद्रोहका लागि आव्हान गरियो । छु छिउ–पाइको ‘वाम’ नेतृत्वले किसान विद्रोहको नेतृत्वगर्ने र त्यसको वकालत गर्ने र ठूला शहरहरूमा भएका मजदुर विद्रोहहरूको विरोध गर्ने भनेर माओको आलोचना ग¥यो । माओलाई फेरि उनको केन्द्रीय पदहरूबाट हटाइयो । उनलाइ हुनान प्रान्तीय समितिको सदस्यताबाट पनि हटाइयो । ‘वाम’ लाइनले गर्दा पार्टी र क्रान्तिलाई ठूलो घाटा भयो र अप्रिल  १९२८ मा पार्टीले यो लाइनको  परित्याग ग¥यो  ।  जुन १९२८ मा मस्कोमा आयोजना गरिएको चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको छैटौ कंग्रेसले यो ‘वाम’  लाइनलाई सुधार ग¥यो  र दुवै दक्षिण र ‘वाम’  अवस्थाहरूलाई अस्विकार गर्दै एउटा आधारभूत रूपले सही बुझाइलाई लागु ग¥यो । यद्यपि माओ कंग्रेसमा उपस्थित हुनु भएको थिएन तर यसले घेरै सवालहरूमाथि उहाँको भनाइलाई आधारभूत रूपले रक्षा गरेको थियो । उहाँको अनुपस्थितिमा उहाँ फेरी केन्द्रीय समितिमा निर्वाचित गरिनु भयो ।

           माओको यो बुझाई कार्यान्वयन गर्दैगर्दा, र उत्तरी अभियान र शहरी विद्रोहको असफलतापछि लाल सेना निर्माण गर्दैगर्दा, माओले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको विकासमा अरू थप योगदानहरू गर्नु भयो  । उहाँले अक्टोवर १९२८ मा “चीनमा  लाल राजनीतिक सत्ता किन कायम रहन सक्छ ?” र नोभेमवर १९२८ मा “चिङकाङशान पाहाडहरूमा संघर्ष” नामका अति नै महत्वपूर्ण प्रतिवेदनहरु लेख्नु भयो । यी ऐतिहासिक कामहरूले त्यसवेला भइरहेको लालसेना निर्माण र विकासको ऐतिहासिक प्रक्रियाका लागि सैद्धान्तिक आधार प्रदान गरे । माओले, १९२७ मा किसान विद्रोहको असफलतापछि मजदुर र किसान लडाकुहरूका एउटा स–साना समूहबाट सुरूगर्दै, अक्टोवर १९२७ मा चिङकाङशान पाहाडहरूमा पहिलो आधार स्थापना गर्नु भयो । १९२७ देखि १९३० को सुरू हुँदाको अवधिसम्म सशस्त्र किसान विद्रोहहरू र ग्रामिण क्रान्तिकारी आधारहरूको क्षेत्र सुस्ततापूर्वक बढ्यो । कम्युनिस्ट नेतृत्व अन्तरगत रहेका लडाकु शाखाहरूमध्ये घेरै माओको सेनामा समावेश भए  । लालसेना साठी हजारमा बढ्यो र केहि समयमा नै त्यो एक लाखको सेना बन्यो ।

यद्यपि ‘वाम’  विचारले फेरि प्रभुत्व पाउन सुरू ग¥यो र १९३० बाट पार्टीको नेतृत्वमाथि नै कब्जा ग¥यो । १९३० मा लिलिसानले नेतृत्व गरेको  र १९३१–३४ मा वाङमिङ नेतृत्वको  दुई ‘वाम’ लाइनहरूले पार्टीमा प्रभाव जमाए र हिसावै गर्न नसकिने हानीका कारक बने । जुन १९३० मा लिलिसानले देशभरिका प्रमुख शहरहरूमा सशस्त्र विद्रोहहरू संगठित गर्नका लागि र यी प्रमुख शहरहरूमा आक्रमणका निम्ति लाल सेनाका सबै एकाइहरू केन्द्रीकरणका लागि योजना बनायो । १९३०को जुन र सेप्टेम्वर बीच यो योजना कार्यान्वयनको प्रयासले अति नै हानीहरू ग¥यो  र क्याडरहरूबाट यसको सुद्धिकरणका लागि माग भएर आयो ।

यो अवधिका दौरान माओले चाङसामाथिको आक्रणको नेतृत्व गर्नु भयो तर शक्तिशाली साम्राज्यवादी र क्वोमिन्ताङ फौजका अगाडिका अत्यधिक हानीहरूबाट जोगाउन फिर्ता ल्याउनु प¥यो ।  फिर्तापछि  चाङसामा अमानवीय दमन भयो ,जसमा माओको श्रीमती याङ काई–हुई, जसले त्यहाँ रहेर भूमिगत काम गरिहेकी थिइन, उन्को हत्या गरियो ।

सेप्टेम्वर १९३० मा आयोजना गरिएको प्लेनममा लि लि–सानले आत्मआलोचना ग¥यो र नेतृत्वदायी पदहरूबाट तल झ¥यो । माओ र चु तेह लाल सेनाको कमाण्डरलाई नयाँ गठित पोलिट व्यूरोमा ल्याइयो । यो पोलिट व्यूरोलाई यद्यपि रसियामा तालिमपछि फर्केका २८ जना  तथाकथित ‘बोल्सेविकहरू’ मध्ये एकजना वाङमिङद्धारा  एउटा प्लेनम गरेर  वाइपास गरियो । तिनीहरूले प्लेनमका लागि माओ र चु तेहलाई बोलाएनन् तर तिनीहरू र अन्यलाई केन्द्रीय समितिबाट हटाए । अगस्त १९३२ मा माओलाई पनि लाल सेनाको फ्रन्ट समिति र राजनीतिक कमिसारको सचिव पदबाट पनि हटाइयो । उनीहरूको  पुरै नियन्त्रणमा रहेको पार्टी र लाल सेनालाई साथमा लिएर वाङमिङ गुटले अनगिन्ति कमजोरीहरू ग¥यो जसले गम्भीर हानी पु¥यायो । त्यो अवधिभरी, उनीहरूको आक्रमण माओमाथि थियो, जो उनीहरूको अनुसार माओ दक्षिणपन्थी अवसरवादको प्रतिनिधि हुनुहुन्थ्यो र पार्टीभित्र प्रमुख खतरा पनि उहाँ नै थियो । माओको सही लाइनलाई ‘धनी किसान’ लाइन भनियो । माओलाई मात्रै नभई पहिलेका  ‘वाम’ लाइनहरूका नेताहरू, लि लि–सान र चु चिउ–पाईलाई पनि आक्रमण गर्न ‘वाम’ लाइन नेतृत्वद्धारा एक पक्षीय र गुटगत तरिकाहरूको उपयोग गरियो । पार्टीमा वाङमिङ गुटले आतंक निर्माण गरिरहेको समयमा, चियाङ काइ–सेकले लाल आधार क्षेत्रहरूका विरूद्ध घेरागर्ने र दमनगर्ने वारम्वारको अभियान चलाइरहेको थियो । माओको नेतृत्व र ‘वाम’ नेतृत्वका अगाडि उहाँको रणनीतिक सिद्धान्तहरूको प्रभावले आधार क्षेत्रहरूमा पार्टी र लाल सेनामाथिको पूर्ण नियन्त्रण प्राप्त ग¥यो र पहिला चारवटा अभियानहरू पराजित गरिए । यद्यपि जब ‘वाम’ नेतृत्व वास्तविक रूपले आधार क्षेत्रहरूतर्फ अघि बढयो   । उनीहरूको प्रत्यक्ष नेतृत्वले गम्भीर गल्तीहरू ग¥यो र क्वोमिन्ताङ फौजको पाचौ अभियानमा कम्युनिष्ट फौजहरूको हार भयो । चियाङ काइ–सेकको घेरावन्दीलाई तोड्नका लागि र नयाँ विजयहरू प्राप्त गर्न अक्टोवर १९३४ बाट लाल सेनाको विश्व हल्लाउने रणनीतिक सिफ्ट, जसलाई लामो अभियान (लंग मार्च) भनिन्छ, लिने निर्णय गरियो । माओ उहाँको दोस्रो श्रीमती हो त्जु–चेन, कियाङसि आधार क्षेत्रको एउटा किसान परिवारबाट आएकी थिइन् र उनीलाई त्यसमा एकजना पार्टी क्याडरका रूपमा सहभागी गरिएको थियो । तिनीहरूले १९३१ मा, माओको पहिलेकि श्रीमती याङ काइ–हुईको  मृत्युपछि  विवाह गरेका थिए । तिनीहरूका दुई बच्चाहरू थिए, जसलाई लामो हिडाईको सुरूमै कियाङसि आधार क्षेत्रमा किसानहरूसितै छाडिएका थिए ।

लङ मार्चको यही अवधि, जनवरी १९३५ मा, चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सुनयी प्लेनममा, पार्टीको त्यो  नेतृत्व माओ र उनको नीतिहरूको हातमा आयो । यो चीनीयाँ क्रान्तिको साथै लङ मार्चका लागि एउटा संक्रान्तिकाल थियो । यो अनि राष्ट्रभरी जापनिज विरोधी आन्दोलनलाई अझ राम्रो तरिकाले संयोजन गर्न सकियोस भनेर उत्तरतर्फको दिशामा लङ मार्चलाई निरन्तरता दिने निर्णय गरियो, जो १९३१ मा जापनिज आक्रमण र उत्तर–पूर्वीक्षेत्रको कब्जादेखि लगातार वृद्धि भइरहेको थियो ।

लङ माचर्का दौरान, क्वोमिन्ताङ फौजहरूको वारम्वारको आक्रमणको वावजुद, पार्टीले चाङ कुओ–ताओद्धारा नेतृत्व गरिएको  भगुवावादी र युद्धसरदारवादी लाइनको पनि सामना गर्नु परेको थियो । लङ मार्चका दौरानमा आयोजित केन्द्रीय समितिका दुईवटा कन्फरेन्सहरूले चाङ कुओ–ताओको सिन्कियाङ र तिवेत अल्पसंख्यक क्षेत्रहरूतर्फ फर्कने प्रस्तावलाई हराए ।  उसले यद्यपि पार्टी निर्णयलाई अनुसरण गर्न इन्कार ग¥यो र नयाँ पार्टी केन्द्र गठन गर्ने कोशिस ग¥यो । उसले लाल सेनाको एउटा पक्षलाई एउटा भिन्नै दिशामा नेतृत्व ग¥यो जुन दौरानमा तिनीहरूमाथि क्वोमिन्ताङ फौजहरूद्धारा आक्रमण गरियो र सखाप पारियो । चाङ कुओ–ताओ आफै एउटा धोखेवाज बन्यो र क्वोमिन्ताङसंग मिल्यो । लाल सेनाको प्रमुख शक्ति अक्टोवर १९३५ मा, तिनीहरूले सुरू गरेको लङ मार्चको एक वर्षपछि, उत्तरी चीनको शेन्सी प्रान्तमा पर्ने उनीहरूको लक्षित ठाउँमा पुग्यो  । लाल सेना जसको संख्या पाचांै  घेरावन्दी अभियानको सुरूभन्दा पहिले करिब तीन लाख थियो, त्यो घटेर केबल बीस हजारभन्दा केही बढि भएको थियो । यही नै एउटा शक्ति बन्यो, जसले शेन्सी –कान्सु–निङसिया–उत्तरी चीनको यी तीनवटा प्रान्तहरूका सिमाना क्षेत्रहरूमा आधार क्षेत्र स्थापना ग¥यो । यो प्रशिद्ध येनानका रूपले र यसको राजधानीका नामले ख्याती पायो । यही आधार थियो, जसलाई माओले जापान विरूद्धको युद्धमा १९४५ तक पार्टी र लाल सेनाको नेतृत्व गर्नु भयो ।

यही अवधिका दौरान माओ र हो त्सेजु–चेनले १९३८ मा पारपाचुके गरे । अप्रिल १९३९ मा उहाँले चियाङ चिङसित विवाह गर्नु भयो । चियाङ चिङ लान पिङको पार्टी नाम थियो, एउटा नाट्यशाला र फिल्म नेतृ, जसले १९३३ मा पार्टी प्रवेस गरेकी थिइन् र १९३७ मा येनानमा रहेको कला एकेडेमिमा नाटक सिकाउन  आएकी थिइन् र किसानहरूका बीचमा जाने प्रचारप्रसार टोलीमा सहभागी भएकी थिइन् । माओको  कला र साहित्यमा गहिरो चाहना थियो, कामको दौरानमा उनीसित भेट भयो र तिनीहरू प्रेममा परे र विवाह गर्ने निर्णय गरे ।

लङ मार्चको पूर्णतापछि लगत्तै, माओले जापान विरोधी प्रतिरोधको युद्धका लागि गृहयुद्धको अन्त्य र अत्यधिक शक्तिहरूलाई एकतावद्ध गर्नका लागि एउटा नयाँ कार्यनीतिक प्रशिक्षणको आवश्यकता र त्यसको कार्यान्वयनमा ध्यान केन्द्रीत गर्नु भयो । उहाँको जापानी–साम्राज्यवाद–विरोधी कार्यनीतिमाथिको प्रस्तुतिकरण माक्र्सवादी–लेनिनवादी संयुक्त मोर्चा कार्यनीतिहरूको एउटा प्रमुख विकास थियो । यसलाई उहाँको मे १९३७ मा प्रस्तुत “जापानी–आक्रमण–विरोधी कालमा चीनी कम्युनिष्ट पार्टीको भूमिका” प्रतिवेदनमा अझ बढता विकसित गरिएको थियो । चीनको आन्तरिक र बाह्य अन्तरविरोधहरूको विकासको चरणको एउटा प्रतिभाशाली व्याख्या दिंदै, माओले जापानको हस्तक्षेपद्धारा उत्पन्न प्रमुख अन्तरविरोधमा वदलाव आएको वर्णन गर्नु भयो  र त्यसकारण नयाँ परिस्थिति सामना गर्न संयुक्त मोर्चा कायनीतिहरूमा परिवर्तन आवश्यक थियो । उहाँले जापानीज हस्तक्षेपकारीहरूलाई धपाउनका लागि क्वोमिन्ताङसित एउटा संयुक्त मोर्चाको आव्हान गर्नु भयो । चियाङ काइ–सेक यद्यपि संयुक्त मोर्चाभित्र आउन मञ्जुर थिएन् जवसम्म उसको आफ्नै पार्टीमा केही फयाक्सनको दवावद्धारा र चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको भण्डाफोरद्धारा त्यो मान्न उस्लाई वाध्य पारियो । उ अन्त्यमा मञ्जुर भयो, जब उसका आफनै दुइजना जनरलहरूद्धारा, डिसेम्वर १९३६ मा गिरफ्तार गरियो । जसले चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिसित एउटा संयुक्त मोर्चा निर्माण गरिनु पर्छ भन्ने दवाव दिइरहेका थिए । अगस्त १९३७ मा जापान विरोधी संयुक्त मोर्चा स्थापना गरियो ।

जापानी साम्राज्यवादको विरुद्ध प्रतिरोधी युद्ध (१९३७–१९४५) को अवधिभर, माओलाई फेरि पनि गलत प्रवतिहरूका विरूद्ध लडाई लड्नु प¥या,े यद्यपि यिनीहरू पार्टीमाथिको नेतृत्व र संघर्ष क्याप्चर गर्न सक्ने गरी बृद्धि भएका थिएनन् । संयुक्त मोर्चाको केही क्वोमिन्ताङ भागहरूमा राष्ट्रिय आत्मसर्मपणवादको एउटा उत्साहहीन प्रवृति देखिएको थियो । यी मानिस जापानिज हातबाट केही हार खाएपछि महसुस गरे कि चीनीयाँहरू जापनिज र अन्य साम्राज्यवादीहरूद्धारा उत्पीडनका लागि सिक्रीले बाँधिएका  थिए । एउटा फयाक्सन त आत्मसमर्पणका लागि तयार समेत थियो ।

अर्कोतिर चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको केही भागमा यो प्रवृति थियो, जसले महसुस गरेका थिए कि संयुक्त मोर्चाको कारण जापनिजमाथि छिट्टै विजय हुनेछ । ती कमरेडहरूले संयुक्त मोर्चाको शक्तिलाई अनावश्यक रुपले अनुमान गरेका थिए र चियाङ काई–सेक गुटको प्रतिक्रियावादी पक्षलाई देखेका थिएनन् । यी गलत तरिकाले बुझिएका सिद्धान्तहरूलाई सच्याउनका लागि र युद्धको सहि कोर्ष देखाउनका लागि माओले मे १९३८ मा उहाँको ‘रक्षात्मक युद्ध’मा किताब लेख्नु भयो, जसले देखायो कि युद्ध अन्त्यमा विजयमा टुंगिने छ तर विजय त्यति छिटै र सजिलै हुने छैन् ।  उहाँले यसमा र अरू लेखहरूमा युद्धका सैनिक सिद्धान्तहरू स्थापित गर्नु भयो ।

माओले पार्टी क्याडरहरूलाई प्रशिक्षणका लागि मद्त गर्न विभिन्न दार्शनिक कामहरूबारे लेखहरू लेख्नु भयो, जसले पहिलेका दक्षिण र ‘वाम’ लाइनहरूले हानी पु¥याएका असरहरू हटाउन मद्त ग¥यो  । यी लेखहरूका आधारमा १९४१ र १९४४ बीच पार्टीमा प्रमुख खरावीहरूसित लडनलाई लामो सुद्धिकरण अभियान आयोजना गरिए । यो पार्टीको इतिहास पुनरावलोकनलाई गहन छलफलसित जोडिएको थियो । चाउ एन–लाई, जो समग्र अवधिभर एउटा नेतृत्वदायी कमरेड हुँदै आएका  थिए, विशेषगरी यो प्रक्रियामा भाग लिए । यसले अन्त्यमा पहिलेका गलत लाइनहरूको एउटा खुला र पूर्ण अस्विकृतितर्फ लग्यो । यो बुझाई अप्रिल १९४५ मा आयोजित चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्लेनममा “हाम्रो पार्टीको इतिहासमा केही प्रश्नहरूमाथिको प्रस्ताव”मा अधारित थियो । सही लाइन र सही कार्यनीतिसित सशस्त्र भएर, चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले पहिलो जापान विरोधी प्रतिरोध युद्ध (१९३७–१९४५) मा र अनि चियाङ काइ– सेकद्धारा नेतृत्व गरिएका प्रतिक्रियावादीहरू विरूद्ध चीनीयाँ जनतालाई विजयका लागि नेतृत्व ग¥यो । लङ मार्चको अन्त्यमा केबल बीस हजारमाथिका एउटा लडाकु शक्तिबाट, १९४५ मा जापान विरोधी युद्धको अन्त्यतिर एक लाखको एउटा शक्तिमा बढयो । त्यो समयमा, अप्रिल १९४५ मा चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सातौं कंग्रेसमा, माओले उहाँको संयुक्त सरकारवारे प्रतिवेदनमा जापान विरोधी युद्धको विस्तृत सारांश र तत्कालीन अन्तराष्ट्रिय र घरेलु परिस्थितिको एउटा विश्लेषण प्रस्तुत गर्नु भयो । उहाँले जापनिज फौजमाथि विजयपछि क्वोमिन्ताङसित संयुक्त सरकारको गठनका निम्ति एउटा विशिष्ट कार्यक्रम दिनु भयो ।

तेस्रो क्रान्तिकारी गृह युद्ध (१९४६–१९४९) को अवधिः

यद्यपि जापानिजमाथिको विजयपछि,  चियाङ काइ– सेकले,अमेरिकी साम्राज्यवादको मद्तका कारण र उसको सैनिक शक्तिहरूका कारण कुनै पनि तर्कसंगत सर्तमा संयुक्त सरकारको गठनलाई स्विकार गर्न इन्कार ग¥यो ।

त्यो समयमा स्तालिनले समेत यसो भनेर कि, तिनीहरू चीनीयाँहरुले गृहयुद्ध हुन दिनु हुदैन र चियाङ काइ– सेकसित मिल्नु पर्छ । यदि त्यसो नभए चीन राष्ट्र खतम हुनेछ । त्यसकारण उनीहरु एउटा सम्झौतामा आवस भन्ने स्तालिनको चाहना थियो  । तर पनि माओको नेतृत्वको चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति स्तालिनको उक्त सुझावप्रति सहमत भएन र क्रान्तिलाई अगाडि बढायो र लड्यो, जो तेस्रो क्रान्तिकारी गृहयुद्ध (१९४६–१९४९) का रूपमा प्रख्यात बन्यो । जनसमूहको पूर्ण समर्थनमाथि भर परेर विशेषतः किसानमाथि भर परेर, लाल सेनाले शक्तिहरूको सैनिक सन्तुलत परिवर्तन गर्न सक्षम भयो र जुलाई १९४७ मा  रणनीतिक रक्षाबाट रणनीतिक प्रत्यक्रमणतर्फ अगाडि बढ्यो । अक्टोवर १९४९ आउँदा नआउँदै चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले चार वर्षभित्रै अमेरिकाद्धारा समर्थित क्वोमिन्ताङमाथि राष्ट्रव्यापी विजय प्राप्त ग¥यो ।

 जब चीनले विजय प्राप्त ग¥यो, विश्वभरका माक्र्सवादी–लेनिनवादीहरू र सर्वहारा खुशीले गद्गद् भए । माओले यद्यपि अगाडि रहेका चुनौतीहरूको र आउने अवधिहरूका खतराहरूवारे एउटा विचार प्रस्तुत गर्नु भयो । १९४९ मा, चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको स्थापनाको २८ वर्षको उत्सवको अवसरमा उहाँको भाषण, ‘जनताको जनवादी अधिनायकत्व’ मा उहाँले भनेका यी निम्न भनाइहरु चर्चित छन्, जसमा उहाँले भन्नु भएको थियो –“हाम्रो पार्टीका २८ वर्षहरू एउटा लामो अवधि हुन्,जसमा हामीले केबल एउटा चीज मात्रै पुरा गरेका छांै–हामीले क्रान्तिकारी युद्धमा आधारभूत विजय पाएका छौ । यसले उत्सवका निम्ति आव्हान अवश्य गर्दछ, किनभने यो जनताको बिजय हो, किनभने यो चीनजस्तो विशाल देशमा भएको विजय हो । तर हामीले अझै धेरै काम गर्नु पर्ने छ, एउटा यात्राको आंशिक उपयोग गर्नलाई, हाम्रो वितेको काम केबल दश हजार पाईला मध्ये लङ मार्चमा पहिलो पाइला मात्रै हो ।”  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here