काठमाडाैं – प्रदेश सरकार जोगाउन ओली समूहले अन्य पार्टीहरूसँग सहयोग लिने नीति लिएको छ।
केपी ओली नेतृत्वको नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिर सहयोग लिने नीति उल्लेख गरेको छ।
प्रदेश १,बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेश गरी चार प्रदेशमा ओली समूहका मुख्यमन्त्री छन्। तीमध्ये प्रदेश १ र बागमती प्रदेशमा प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याएका छन्। ‘केन्द्रमा प्रधानमन्त्रीलाई घेराबन्दी गर्दै काममा अवरोध खडा गर्ने साथीहरू यतिबेला कतिपय प्रदेशमा मुख्यमन्त्रीहरूविरूद्ध अविश्वास प्रस्ताव राख्दै अस्थिरता सिर्जना गर्न उद्यत् छन्।
‘अपानिमा भनिएको छ, ‘यस्ता क्रियाकलापहरूले नवस्थापित संघीय प्रणालीप्रति जनताको विश्वास टुटाउन र संघीयता विरोधी पक्षहरूलाई उत्साहित गर्न सहयोग पुर्याइरहेका छन्। यस्ता गलत क्रियाकलापहरूको विरोध गर्दै प्रदेशहरूको विशिष्ट परिस्थिति अनुरूप प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिरका सकारात्मक पात्र र शक्तिसँग आवश्यकता अनुसार समन्वय, परामर्श र सहयोग आदानप्रदान गर्ने।’
पार्टी बाहिरका शक्तिसँग सहयोग आदनप्रदान गर्ने भने पनि कोसँग कसरी गर्ने भनेर अपानीमा उल्लेख छैन। यसका लागि आवश्यकता अनुसार पार्टी केन्द्रमा परामर्श लिने समेत अपानीमा भनिएको छ।
यस्तो छ नेकपाको अपानि