कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुग्याे

63

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ। गत २४ घण्टामा ४ सय ८८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित छन्।   प्रदेश १ को इलाममा २, झापामा ४, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा १, मोरङमा ८, सोलुखुम्बुमा १ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा २ र महोत्तरीमा १ जनामा कोरोना भेटिएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ३० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ८, चितवनमा २०, दोलखामा ३, धादिङमा १, भक्तपुरमा १५, मकवानपुरमा ५, ललितपुरमा ६९, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।   गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा ३, तनहुँमा ३, नवलपरासी पूर्वमा ११, पर्वतमा ११, म्याग्दीमा २, लमजुङमा १ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ३, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १, बर्दियामा ५, बाँकेमा १८, रोल्पामा २ र रुपन्देहीमा २१ जनामा कोरोना पाइएको छ।   गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन।  सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३, कैलालीमा ३, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here