कल्चरको सातौं सांगीतिक कार्यक्रम सम्पन्न

227

ललितपुर – कल्चर थिएटरको आयोजना सातौं सांगीतिक कार्यक्रम पुष २४ गते  शुक्रवार सम्पन्न भएको छ ।  संस्थाका आफ्नै भवनमा सम्पन्न भएको कार्यक्रम करिव साढे  दुइ घण्टासम्म चलेको थियो ।

देशमा छरिएर रहेका नेपाली कला, संस्कृति तथा  संगीतको विकास, प्रवर्द्धन  गर्ने उद्दश्यले स्थापना गरिएकाे कार्यक्रमका संयाेजक रवि जाेशी जनाए ।

मनोरञ्जनले भरिपुर्ण कार्यक्रममा कलाकार किशोर कुमार शाही, जमुना महर्जन, मदन महर्जन,  आनन्द बज्राचार्य, सिद्धार्थ ब्रर्जाचाय, नेपाली, हिन्दी तथा नेपाल भाषाका सदावहार गीत गाएका थिए । कलाकार सना शाक्य उद्घोषण गरेका थिए ।

थिएटरका फाउन्दर   विगत २५ बर्षदेखि कला क्षेत्रमा समर्पित राजु महर्जन  हाे भने  संस्थाले नयाँ कलाकार उत्पादन, नृत्य,  गायक उत्पादनमा समेत महत्वपूर्ण योगदान दिदै आइरहेको छ ।   – रिदेन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here