हिन्दुराष्ट्र पुनःस्थापना गर्नु वाञ्छनीय : राप्रपा नेता प्रधान

133

काठमाडाैं –  जनताको चाहना र राष्ट्रको आवश्यकताबमोजिम हिन्दुराष्ट्र पुनःस्थापना गर्नु वाञ्छनीय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानले  जनाए ।

‘प्रजातन्त्र भनेकै जनताको शासन हो । प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य छ । यसैले हिन्दुराष्ट्रको माग गर्दै देशव्यापी उर्लेको जनलहरको कदर गरेर देशमा हिन्दुराष्ट्र् पुनःस्थापना गर्न जरुरी भएको छ,’ राप्रपाका सचिवालय प्रमुख समेत रहेका प्रधानले नवलपरासीको महेशपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनाए ।

सो क्रममा हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै  प्रदर्शनको समेत गरिएको थियो । प्रदर्शनका क्रममा राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा, भ्रष्टाचार नियन्त्रण, सरकारको असफलता र प्रतिनिधिसभा विघठनको विरुद्धमा नारा लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here