प्रधानमन्त्री कमरेडबाट तानाशाह बन्याे

71

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षकी नेता अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा कमरेडबाट तानाशाह बनेको टिप्पणी गरेकी छन्। ओलीले प्रतिनिधि सभा विघटन गरेर तानाशाही बनेको आरोप लगाएकी शाक्यले ओलीले घुँडा टेक्नैपर्ने बताएकी हुन्।

ओली तानाशाही र स्वच्छाचारी भएकाले उनलाई कमरेड भन्नुको औचित्य सकिएको बताइन्। काठमाडौ जिल्ला कमिटीले गरेको विरोध सभामा ओलीमा कम्युनिस्ट आचरण एक रत्ति पनि नभएको आरोप शाक्य आरोप लगाइन्।

प्रतिनिधि सभा विघटन विरुद्ध काठमाडौं तातिसकेको बताइन्। ‘काठमाडौं कि तात्दै तात्दैन,तातेपछि सेलाउँदैन। अब काठमाडौं तातिसकेको छ।’ उनले भनिन्।

प्रधानमन्त्री ओलीको कदमले कम्युनिस्ट आन्दोलनलाई केहि धक्का लागेको उनले बताइन्। ओली सत्ताबाट झर्न धेरै समय नभएको उनको ठहर छ। उनले भने, ‘आन्दोलन निर्णायक बिन्दुमा पुग्न धेरै बेर लाग्दैन। ओली पदबाट झर्नैपर्छ। त्यो दिन धेरै छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here