संविधान रक्षाका लागि नागरिकको दायित्व : उपराष्ट्रपति पुन

97

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि उपराष्ट्रपति नन्दबहादुर पुनले पहिलो पटक मुख खोलेका छन् । माघे संक्रान्तिको अवसरमा शुभकामना दिंदै उपराष्ट्रपति पुनले संविधान कार्यान्वनयको प्रारम्भिक चरणमै प्रश्न उठ्नु दुःखद भएको बताए ।

उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य रहेको उल्लेख गरेका छन् ।

उपराष्ट्रपति पुनले सात दशक लामो संघर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधानको संरक्षण र पालन हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै प्रश्न उठ्नु र आवाज बढ्नु दुःखद् भएको बताए ।

उनले सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धि रहेको संविधानको रक्षाका लागि आम नागरिकले सचेततापूर्वक आफ्नो दायित्व पुरा गर्नु आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here