भारतमा विकास गरेको खोप ल्याउने बाटो खुला

69

काठमाडौं ।  भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याउने बाटो खुला भएको छ । भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको खोप नेपाल ल्याउन औषधि व्यवस्था विभागले  खोप ल्याउन स्वीकृति दिएको छ । भारतमा अक्सपोर्डले बनाएको सेरम कम्पनीको खोपलाई अनुमति दिएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभयो ।

योसँगै अब नेपालमा कोरोनाको खोप भित्राउने बाटो खुला भएको उहाँले बताउनुभयो । अब यसबाट  सरकार, सरकार सरकारबीच (जीटूजी) माध्यमबाट किनेर ल्याउने र निजी कम्पनीहरुले समेत खोप ल्याउने बाटो खुला भएको केसीले जनाउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here