वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको भन्दै आक्रोश ब्यक्त

79

काठमाडौं । पार्टी बिभाजन पछि एकता अभियानमा सक्रिय रहनु भएका डबल नेकपाका उपाध्यक्ष एबम् राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको भन्दै आक्रोश ब्यक्त गर्नु भएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति सदस्यको रुपमा पहिलो पटक समिति बैठकमा सहभागी हुँदै गौतमले यस्तो मन्तब्य दिनु भएको हो।

देशमा भ्रष्टाचार समाप्त पार्ने गरी कुनै प्रभावकारी कदम नदेखिएको गौतमको भनाइ छ। ुसरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरेपनि घोषणा अनुसारको व्यवहारमा देखिएको छैन। भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानुन, नियमावली बनेको भएपनि लागू हुन सकेका छैनन्। भ्रष्टाचार व्याप्त छ,ु गौतमको भनाई छ ।

गौतमले सोही क्रममा बोल्दै प्रकृतिमा रहेका सबै प्राणीको अन्तर्निहित सम्बन्ध नबिगारी विकास गर्नुपर्ने धारणा राख्नु भएको छ। त्यसो नगरिए वातावरणमा प्रतिकुल असर परी मानिसको आयु घट्दै जाने  भनाइ पनि राख्नु भएको छ।

राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको भन्दै विभेद अन्त्यको निम्ति आफ्नो योगदान रहने प्रतिबद्दतासमेत ब्यक्त गर्नु भएको छ । एक सदनलाई बढी अधिकार र अर्को सदनलाई कम अधिकार दिने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ।

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सरकारले सन् २०२२ सम्ममा देशलाई विकासशिल देशको सूचीमा राख्ने भनिएकोमा त्यसो गरिए राष्ट्रिय गौरवका आयोजना तथा विदेशबाट आउने सहायता बन्द हुने चेतावनी दिनु भएको छ ।  कुन आधारमा सन् २०२२ सम्म नेपाल विकासशिल देश बन्ने हो भन्ने सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने उहाँको सुझाव छ ।

रायमाझीले कोभिडपछि बजार भाउ महंगिएको भन्दै बजार अनुगमन आवश्यक रहेको औँल्याउनु भएको छ। सार्वजनिक यातायात सरकारले भने अनुरुप सञ्चालन भइरहेका छन् कि छैनन् त्यसको पनि अनुगमन गर्नुपर्ने धारणा पनि उहाँको थियो। मन्त्रालयहरुले आफ्नो भूमिका निर्वाह गरे–नगरेका विषयमा सम्बन्धित मन्त्रालयलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने सुझाव पनि रायमाझीको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here