चोरीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

106

पर्वत – मोदी गाउँपालिका-६ बस्ने ७० वर्षीया महिलाको साथबाट नगद सहितको झोला चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बागलुङ, बागलुङ नगरपालिका-१२ अमलाचौर बस्ने २३ वर्षीय शिव विश्वकर्मा र सोही ठाउँ बस्ने २० वर्षीय सागर सापकोटा रहेका छन् ।

मोदी गाउँपालिका-६ पाउदीखेतमा बुधबार बिहान हिँडिरहेको अवस्थामा स्कुटरमा सवार दुई जना अपरिचित व्यक्तिहरुले लठ्ठ बनाउने औषधी सुघाई महिलाको साथमा रहेको नगद सहितको झोला चोरी गरी स्कुटरमा भागेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले उनीहरुलाई कुश्मा नगरपालिका-११ पकुवाबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रदेश २-०३-०१० प १५०३ नम्बरको स्कुटर, नगद १९ हजार १ सय ३० रुपैयाँ सहितको झोला, Chloroform लेखेको ५ सय एमएलको शिसाको बट्टा र कैची प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्वतबाट ८ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here