दिर्घजीवन जिउनु छ भने यसरी खानपानमा ध्यान दिनु वेश

142

लामो आयु बाँच्नेहरुले भन्ने गरेका छन्, थोरै खाउँ, धेरै बाँच । हाम्रा धर्मशास्त्रहरुमा उल्लेख छ, अल्पहारी हुनुपर्छ । अर्थात धेरै खानेकुरा खाने मानिस रोगी र चाँडो बुढो हुन्छ । यो तथ्य त विज्ञानले समेत पुष्टि गरिसकेको छ ।

यी सबैको निष्कर्ष के भने, शारीरिक स्वास्थ्यका लागि खाना अनिवार्य आवश्यक्ता हो । तर, त्यही खाना सही र सन्तुलित ढंगले खान जानिएन भने, त्यही रोगको जड बन्छ ।

अब तपाईलाई पनि कसरी स्वस्थ रुपमा खाने भन्ने परेको होला । स्वस्थ खाना खानको लागि अपनाउनुपर्ने १५ सजिला तरिकाहरु यस्ता छन्ः

शाकाहारी 

लामो आयु बाँच्न चाहनुहुन्छ, शरीर चुस्त, फुर्तिलो राख्न चाहनुहुन्छ भने मासुजन्य खानेकुरा त्याग्नुहोस् । सन्तुलित आहारको लागि हामीलाई प्रोटिन चाहिन्छ । प्रोटिनको स्रोत मासु हो ।

तर, हामीले जुन किसिमको मासु खाइरहेका छौं, त्यो रोगी जीवजन्तुको मासु खाइरहेका छौं । त्यसमाथि अस्वस्थ्यकर ढंगले बध र भण्डारण गरिएको मासु सेवन गरिरहेका छौं, जसले हाम्रो पेटलाई जीवजन्तुको चिहान बनाइरहेको छ ।

 खाना खान नछोड्नुहोस्

खाना नियमित खानुहोस र यसले तपाईको मेटाबोलिजमलाई तिब्र गतिमा काम गराउँछ । यसबाट शरीरले उर्जा प्राप्त गर्न सक्नुहुन्छ । यसले सतर्क पनि बनाउँछ । त्यसैगरि यसले अर्कोपटक खाना खाँदा एकैपटक धेरै खाना खानबाट पनि बचाउँछ ।

 थोरै खाना धेरैपटक खानुहोस्

खानाहरुको बिचमा थोरै थोरै खाजा खानुहोस । जब तपाईले थोरै थोरै खाजाहरु खानाहरुको बिचमा खानुहुन्छ यसले तपाईलाई अर्को खाना खाँदा धेरै खानबाट बचाउँछ ।

प्रशोधन नगरिएका होल फुड खानुहोस्

अप्रशोधित खानेकुराहरुले तपाईलाई राम्रो फाइदा दिन्छ । प्रशोधन गर्दा तपाईलाई आवश्यक पर्ने एन्टीअक्सिडेन्ट र फाइबर त्यसबाट निस्कन्छ । सबैभन्दा नराम्रो भनेको तपाईलाई आवश्यक नपर्ने एक्स्ट्रा सोडियम र चिनी त्यसमा थपिन्छ ।

 बाहिर खाना खानुभन्दा घरमा बनाउनुहोस्

तपाईले काम विशेषको कारण घरबाहिर खाना धेरै खानुहुन्छ होला तर, होटल वा  रेष्टुरेन्टको खाना भन्दा घरको खाना स्वस्थकर हुन्छ ।

खानाको योजना बनाउनुहोस्

साप्ताहिक खानाको योजना बनाएमा तपाईले स्वस्थ र राम्रो खाना खानुको साथै पैसाको पनि बचत गर्न सक्नुहुन्छ । त्यसैले आँफैले सन्तुलित भोजनको योजना बनाउनुहोस् ।

 मेडिटेरियन खानाहरु खानुहोस्

ग्रिल्ड माछा र ताजा सागसब्जी सहित एक गिलास वाइन ग्रिसमा सबैभन्दा राम्रो खाना मानिन्छ । मुटुको लागि लाभदायक फ्याट, मिनरल र एन्टिअक्सिडेन्टहरु मेडिटेरियन खानामा पाइन्छ ।

 प्याकेटको खानेकुरा किन्नु अघि लेवल हेर्नुहोस्

तपाईले प्याकेटको खानेकुराहरु किन्दा त्यसको अगाडीको आकर्षक खोलमात्रै होइन पछाडीपट्टीको लेवल पनि हेर्नुपर्छ । त्यहाँ के के खाद्यपदार्थहरु मिसिएको छ र कति पोषकतत्व पाइन्छ त्यो खुलाइएको हुन्छ । लेवलबाटस्वस्थ लाग्ने खानेकुरामा पनि अनावश्यक तत्वहरु मिसाइएको छ कि भन्नेकुरा थाहा पाउन सकिन्छ ।

 क्रन्ची खाजा खानुहोस्

खाजा खाँदा टोक्दा कुरुमकुरुम आवाज आउने र तपाईलाई चपाउँदा स्वादिलो लाग्ने खाजाहरु खानुहोस् । जस्तै स्याउ, मटर, बदामहरु, तर चिप्सहरु भने होइन । यस्ता खाजाले तपाईको मुखलाई व्यस्त बनाउँछ । तपाईले जति धेरै चपाउनुहुन्छ उति थोरै तपाईले खानुहुन्छ ।

 दिमाग लगाएर खानुहोस्

जब तपाई खाना खानको लागि बस्नुहुन्छ तपाईले स्वाद लिएर प्रत्येक गाँस खानुहोस् । किनभने त्यसलाई तपाईले धेरै स्वादिलो मान्नुहुन्छ । खाना खाँदा विस्तारै खानुहोस् । तपाईको मस्तिस्कले तपाईको पेट भरिएको २० मिनेट लाग्छ । यदि तपाईले भोली नै आँउदैन जस्तो गरि धेरै खानुहुन्छ भने त्यसले तपाईलाई असर गर्छ ।

 पानी धेरै पिउनुहोस्

पानी धेरै पिएमा तपाईको शरीरले राम्रोसँग कार्यसम्पादन गर्छ र यसले तपाईलाई धेरै खाना खान दिँदैन । तपाई खासमा धेरै तिर्खाएको बेलामा आँफु भोकाएको जस्तो लाग्न सक्छ । त्यसैले त्यतिखेर तपाईले एक गिलास पानी पिउनुभयो भने त्यसले हानी गर्दैन ।

 खाजाहरु आफ्नो झोलामा राख्नुहोस्

तपाईले धेरै लामो यात्रा गर्दै हुनुहुन्छ वा अफिसमा लामो समय काम गर्दै हुनुहुन्छ भने झोलामा वा अफिसको दराजमा स्वस्थ खाजाहरु राख्नुहोस् । त्यस्तै तपाईले जिम जाँदा आफ्नो जिम ब्यागमा पनि राख्न सक्नुहुन्छ ।

ताजा फलफूल नभएमा मात्रै फ्रिजमा राखेको खानेकुरा खानुहोस्

ताजा अर्गानिक खानेकुराहरु खानु तपाईको स्वास्थ्य र वातावरण दुवैको लागि राम्रो हुन्छ तर यदि तपाईको नजिक ताजा खानेकुरा पाइँदैन मात्रै तपाईले फ्रोजन खानेकुरा किन्न सक्नुहुन्छ । फ्रोजन खानेकुरामा पनि तुलनात्मक रुपमा ताजा फलफूलमा जस्तै पोषक तत्वहरु हुन्छन् ।

फ्रुट फ्लेवर्ड जुस होइन, ताजा फलफूल रोज्नुहोस्

खानेकुराको प्याकेटमा फ्लेवर लेखिएको छ भने त्यसमा फलफूलको वास्तविक स्वाद होइन त्यसमा फेब्रिकेटेट स्वाद राखिएको भन्ने बुझ्नुपर्छ । वैज्ञानिकहरुले ब्याक्टेरियाको प्रयोग गरेर फ्लेवर निकाल्छन् र त्यसलाई प्राकृतिक भन्न सक्छन् ।

खाना खाँदा टेबलमा राखेर खानुहोस्

टेबलमा राखेर आनन्दले अरुकुरामा ध्यान नदिइ तनावमुक्त भएर खाना खाँदा हाम्रो शरीरले राम्रोसँग खानेकुरामा पाइने पोषणतत्वहरु प्राप्त गर्नसक्छ । खाना खाने बेलामा तपाई डेस्कबाट टाढा बस्नुहोस्, टिभी बन्द गर्नुहोस र आनन्दले खाना खानुहोस् ।

प्रशोधन नगरिएको मासु छान्नुहोस्

तपाईले खानाको लागि मासु किन्दै हुनुहुन्छ भने तपाई प्रशोधन नगरिएको मासु रोज्नुहोस् । तपाईले मासु किन्दा ससेज, स्ट्रिप्स, स्लाइस खोज्नुहुन्छ भने त्यो राम्रो होइन किनभने त्यसमा स्वस्थ पोषणतत्वको सट्टामा सोडियम र प्रिजर्भेटिभ्स पनि थपिएको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here