सोमवार शेयर दोहोरो अंकले बृद्वि

65

काठमाडाैं । साताको दोस्रो दिन सोमवार शेयर बजारमा शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १७.३१ अंकले बढ्दै २३३२.३१ विन्दुमा पुगेको छ ।

साेमबार सेन्सेटिभ परिसूचक पनि २.१८ अंकले बढ्दै ४४५.६० विन्दुमा पुगेको छ ।  कूल १ सय ९५ कम्पनीको २८ लाख ८४ हजार ४ सय ४६ कित्ता शेयर १ अर्ब ४७ करोड ८१ लाख १५ हजार २ सय ३८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन जलविद्युत उपसमूहबाहेक अरू सबै उपसमूहको सूचक सकारात्मक छन् । जलविद्युत उपसमूहको सूचक ०.६५ प्रतिशतले घटेको छ ।  साथै सबैभन्दा धेरै लगानीकर्ताको आकर्षण व्यापार तथा होटल उपसमूहतर्फ देखिएका छन् । व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ६.५८ प्रतिशतले वृद्धि भएको छ भने यसपछि होटल उपसमूहको सूचक ५.८२ प्रतिशतले वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here