कोरोनाको संक्रमणप्रति उदासिनता बढ्दैछ, महामारी जारी छ

72
— राज्यलक्ष्मी शाक्य

नेपालमा कोभिड–१९ को जोखिम घटेको महशुस गरिएको छ । तर विश्वव्यापीरुपमै कोरोनाको नयाँ भाइरसले आतंक मच्चाइरहेको छ । संक्रमण घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् ।

गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्र भरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका छन् । यो सूचनाले अभिभावकहरुमा भने चिन्ता बढाएको छ । बच्चाहरु स्कुलमा एक आपसमा निकट हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिदैन । बच्चाहरुमा चेतनाको अभाव हुन्छ नै । बच्चाहरुमा संक्रमणबाट लक्षण बारे जानकारी पनि नहुन सक्दछ । संक्रमणले व्यापकता पाउन सक्ने र स्कुलका पुरै बच्चाहरु संक्रमित हुने खतराप्रति राज्य सचेत बन्नु जरुरी छ । ज्यान ठूलो कि शिक्षा ? यो प्रश्न गम्भीरतापूर्वक  मनन् गर्नु आवश्यक छ ।

अनलाइन तथा रेडियोरटेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले भनेर विद्यालय खोल्न दबाब परेको भनिएको छ । कोरोना जोखिम कम भएका काठमाडौं उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका छन् । ती विद्यालयमा संक्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्द गरेर पुनः सञ्चालन गरिएको छ । हाल देशभर दैनिक करिब ५०० र काठमाडौंमा २०० को हाराहारीमा संक्रमित  देखिएका छन् । तर हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालयमा दुई कर्मचारी संक्रमित भएका छन् । त्यसपछि बैंक सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि गत आइतबारदेखि बैंक नै  सिल गरिएको हो । यसैबाट पनि  पुष्टि हुन्छ संक्रमणको जोखिम सकिएको छैन ।

स्कुलहरुमा संक्रमण बढ्ने खतरा बढी नै हुन्छ । स्कुले बच्चाहरुका लागि गाडीको प्रयोग अनिवार्य नै हुन्छ । काठमाडौं महानगरमा ९२ सामुदायिक र ६४५ निजी (संस्थागत) विद्यालयहरु छन् । त्यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थीहरु रहेका छन् ।  सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न भएको भन्दै विद्यालय सञ्चालकहरुले विद्यालय खोल्न आत्मबल बढेको दावी गरेका छन् । तर विद्यालय सञ्चालकहरुले आफ्नो व्यवसाय बढाउनको लागि पनि विद्यालय सञ्चालनलाई आत्मसात गरेका हुन भन्ने कुरा बुझ्न कठिन छैन । संक्रमणको भयावहतालाई ख्याल गरेर गम्भीरता अपनाउनु बुद्धिमानी हुनेछ ।

जनस्वास्थ्य विज्ञले विद्यायल खोल्न हतार गर्न नहुने सुझाव दिँदै आएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले लामो समयदेखि विद्यालय बन्द रहेको र महामारीको जोखिम घटेकाले काठमाडौं र शहरी क्षेत्रका विद्यालय पनि खुलाउन आफ्ना सदस्य विद्यालयलाई आग्रह गरिरहेका छन् । यसैबाट बुझ्न सकिन्छ  विद्यालय सञ्चालक र जनस्वास्थ्य विज्ञमा रहेको जिम्मेवारी र गैरजिम्मेवारीपनको उदाहरण ।

यसैबीच केही पहिले सुर्खेतमा पैmलिएको महामारीका कारण स्कुल बन्द गर्नु परेको घटनालाई यहाँ प्रस्तुत गर्न उपयुक्त लागेको छ ।  कोभिड–१९ कै कारण नौ महिनादेखि बन्द रहेका विद्यालयहरुलाई संचालनका लागि सरकारले स्वीकृति दिएपछि देशभरका अधिकांश विद्यालयहरुमा सामाजिक दूरि कायम गराई स्कुल संचालन हुने क्रममा सुर्खेतमा एकै विद्यालयका ११ शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा दुई विद्यालयका ३९ जना शिक्षकको पीसीआर परिक्षण गरिएकोमा एकै विद्यालयका ११ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो । विवरण अनुसार एकै विद्यालयका ११ जना शिक्षकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुर्खेतले नै सार्वजनिक गरेको घटना हो यो ।

त्यस्तै सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको थियो ।    शिक्षकहरुमा यसरी कोरोना भाइरस पुष्टि भएपछि त्यहाँका विद्यालयहरु धमाधम बन्द भएका थिए, अद्यापी बन्द नै छन् । त्यसैले विद्यालयहरु सञ्चालन गरिसकेपछि संक्रमणको प्रकोपमा पर्नु भन्दा अगावै होसियारी अपनाउन जरुरी छ । अभैm हतार नगरौं कि ? –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here