सुनकाे मुल्य तोलामा ९२ हजार रुपैयाँमा कारोबार

75

काठमाडाैं –  मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार आज बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार बढेको महासंघले जनाएको छ । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here