बुधबार काेराेना भाइरस सङ्क्रमित ३१८ जना थपिए

17

काठमाडौंं । नेपालमा कोरोना भाइरसका ३१८ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३८३ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६२ हजार ६४२ जना सङ्क्रमित निको भइसकेका छन् ।  पछिल्लाे २४ घण्टामा नेपालमा पाँच हजार १२ जनाकाे अारती पीसीअार परीक्षणमा ३४८ जना सङ्क्रमित थपिएका हुन् ।

नेपालमा अहिलेसम्म बीस लाख २६ हजार ७२६ वटा पीसीअार परीक्षण भइसकेका छन् ।  हाल तीनहजार ६९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६८ हजार ३१० जना सङ्क्रमित भएका छन् ।  पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म एक हजार ९७५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ६९३ जना आइसोलेशनमा र १७२ जना क्वारेन्टिनमा छन् ।  उपत्यकामा १४५ जनामा काेराेना पुष्टि  काठमाडाैं उपत्यकामा १४५ जनामा काेराेना पुष्टि भएकाे छ । भक्तपुरमा तीन, ललितपुरमा २६ र काठमाडाैंमा एकसय १६ जनामा पुष्टि भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here