मातृ भाषामा शिक्षा आर्जन गरेर पछि परिने भए चीन र जापान किन अगाडि बढे ?

18

सामान्य अर्थमा भन्नु पर्दा शिक्षालाई ज्ञानको ज्योति भनिन्छ, जुन विना मानिसको जीवन अपूर्ण तथा अन्धकार सरह हुन्छ । हुन पनि हो, मानिसले जवसम्म शिक्षालाई व्यवहारिक जीवनमा उतार्न सक्दैन तवसम्म उच्च शिक्षा अध्ययन पूरा गरेर पनि त्यसको खासै अर्थ रहँदैन ।

वर्तमान परिपेक्ष्यमा नेपालको शिक्षा प्रणाली विदेशी भाषा, संस्कार र संस्कृतिमा केन्द्रीत रहेको पाइन्छ । त्यसमा पनि प्रायः जसो भौतिक तथा आर्थिक अवस्थामा मात्रै केन्द्रित रहेको पाइन्छ । जसबाट हाम्रै पूर्खाले आर्जन गरेका वैज्ञानिक प्रविधिले भरिएको ज्ञान, सीप संस्कार तथा नैतिकता झल्किने शिक्षा अहिले लोप हुने स्थितिमा पुगेको अवस्था छ । यसले गर्दा अहिले पाश्चात्य संस्कृतिको प्रभावका कारण नेपाली रहन, सहन, संस्कृति लोप हुने खतरा बढ्दै गइरहेको छ । झन त्यसमा पनि मातृभाषाबाट शिक्षा आर्जन गर्नुपर्छ भन्ने चेतनाको अभाव तथा शैक्षिक व्यवस्थापन प्रणाली सृद्धिढिकरणमा ढिलाइका कारणले गर्दा यो शैक्षिक क्षेत्रमा भइरहेको अतिक्रमण रोकिने भन्दा हाम्रो मातृभाषा र संस्कृति नै लोप हुने खतरा देखिन्छ । भर्खरै संघीयतामा प्रवेश गरेको हाम्रो देशमा संघीय प्रदेशहरु र स्थानीय निकायहरु मार्पmत पनि भाषा र संस्कृतिको संरक्षण र विकासका लागि धेरै गर्न सकिने आधार बनेका छन् । तर स्थानीय सरकार आएको तीन बर्ष भएता पनि यसतर्पm चासो भएको देखिदैन ।

हुनत नेपालको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाले अनिवार्य रुपमा मातृभाषा नीति अर्थात नेपाल भाषाबाट कक्षा एकदेखि आठ कक्षासम्म अध्ययन गराउने घोषणा गरेको छ । तर यो कुरा उच्च शिक्षामा आवश्यक महशुस किन गरिएन ? यो गम्भीर प्रश्न हो । कक्षा बाह्र तथा बी. ए. मास्टर्स तहसम्म मै अनिवार्य मातृशिक्षा कार्यान्वयन गर्ने तिर स्थानीय सरकारको ध्यान किन जान सकेको छैन् ? के मातृभाषामा आर्जन गरिने शिक्षाले मानिस विद्धान हुन सक्दैन ? मातृभाषाको शिक्षाले देशको विकास गर्न सकिदैन ? मातृभाषाको शिक्षाले विज्ञान र प्रविधिको विकास गर्न सकिदैन ? यदि सकिदैन भन्ने निष्कर्षमो पुगिएको हो भने सरासर गलत निष्कर्ष हो । हाम्रो उत्तरतिरको छिमेकी देश चीनलाई हेरे पुग्छ, मातृभाषाको शिक्षाले गरेको विकास कस्तो हुन्छ ? जापान त्यस्तै अर्को उदाहरण हो, कोरिया पनि त्यस्तै उदाहरणका रुपमा रहेको छ । संसारका धेरै देशहरु मातृभाषाकै शिक्षाबाट विकसित भएका छन् । मातृभाषाबाट आर्जन गरिने शिक्षाले केही मात्रामा भए पनि शिक्षित जनशक्तिलाई देशभित्रै रोजगारीको अवसर पनि सृजना हुन सक्दछ ।

नेपाल भाषाका चार खम्बा मानिएका मध्ये एक माष्टर जगत सुन्दर मल्लले त्यतिकै भनेका होइनन्  “जुन—जुन जातिका मानिस हुन् उनीहरुलाई आफ्नै मातृभाषाबाट शिक्षा दिएको खण्डमा सजिलै बुझ्न सिक्न सकिन्छ” अभैm समय सान्दर्भिक देखिन्छ यो भनाई । विभिन्न अध्ययन अनुसन्धानबाट समेत मनौवैज्ञानिकहरुले समेत मातृभाषाबाट बालबालिकालाई अध्ययन गराएको खण्डमा बालबालिकाहरुले सजिलैसँग पढ्न लेख्न सक्ने भई बौद्धिक क्षमतासमेत विकास हुने तथ्य प्रमाणित गरेका छन् ।

हुनत मातृभाषाबाट शिक्षा आर्जन गर्न पाउनु हरेक बाल—बालिकाको नैसर्गिक अधिकार हो । हालसम्म पनि सरकारको तर्पmबाटै एकल भाषा नीति तथा अंग्रेजी भाषालाई मात्रै प्राथमिकतामा राखिएकाले विविध जातिमा रहेको अथाह ज्ञानको महासागर भरिएको नेपालका मातृभाषाहरु लोप हुँदै जाने क्रममा छन् । यसबारे नीतिनिर्माणको तहमा रहेका सरोकारवाला पक्ष, स्थानीय सरकारमा कहिले चेतना आउला ? यस बारेमा गम्भिर बहस हुनु आवश्यक देखिन्छ ।

नेपाल भाषा पढ्ने  बी.ए. तथा मास्टर्स तहमा अध्ययनरत नेपाल भाषाका विद्यार्थीहरुलाई  पाठयपुस्तकको  अभाव भए पनि गत पुष १८ गते शनिबार नेपालभाषाको अनलाइन शव्दकोश नेपालभाषा डट ओआरजीका परियोजना निर्देशक र प्रमुख सफ्टवेयर  विकास गरेर विभिन्न सञ्चार माध्यममा चर्चाको शिखरमा पुगेका मध्ये एक हुन् डा. सुभाषराम प्रजापति । हाल अमेरिकाको वासिङटनमा बसोबास गर्दै आइरहनु भएका  भक्तपुरको ठिमी निवासी डा. प्रजापतिले पिएचडी (एथ्नोम्यूजिकोलोजी) नेवार संगीतमा विशेषज्ञ रहेका उनी एमए नेपाली इतिहास, संस्कृति, पुरातत्व विश्वविद्यालय प्रथम श्रेणी, नेपालभाषामा आइए, बीए र एमए तिनै तहमा विश्वविद्यालय प्रथम श्रेणीमा अध्ययन पुरा गरेका थिए । आधा दर्जन भन्दा बढि पुस्तकका लेखक र आधा दर्जन पुस्तक र पत्रपत्रिकाका सम्पादक समेत बनेका छन् उनी ।

यसबाट के स्पष्ट हुन्छ भने मातृभाषाबाट शिक्षा मानव जीवनका निम्ति नभइ नहुने एउटा महत्वपूर्ण पक्ष हो । अहिले मानिसहरुमा अंग्रेजी भाषाका विश्वव्यापीकरणका कारण देशमै रहेको मातृ भाषामा अध्ययन अध्यापन सरकारतर्पmबाट एकल भाषाको नीतिका कारण राई, मगर, लिम्बु, गुरुङ्ग, थारु, तामाङ्ग, नेपाल भाषा लगायत विभिन्न भाषाहरु लोप हुने अवस्थामा छन् ।

मातृभाषाबाट शिक्षाको इतिहास केलाउने हो भने सरकारी तवरबाट वि.सं. २०५१ देखि मात्र यस विषयमा ठोस प्रगति भएको देखिन्छ । साथै सरकारी तवरबाट वि सं २०५४ देखि भने पाठ्यक्रम बनाएर नै सुरूवात गरे तापनि मातृभाषामा प्राथमिक शिक्षा दिने कामको थालनी स्थानीय व्यक्ति, संघसंस्थाका मार्पmत विद्यालय तहमा अध्यापन गर्दै आइरहेको देखिन्छ । बालकको पहिलो शिक्षा नै आमा  मानिन्छ भने त्यसमा पनि शिक्षा भनेको व्यक्तिले बोल्ने पहिलो भाषामा पठन पाठन गर्नु कति आवश्यक हुन्छ भन्ने सहजै बुझ्न सकिन्छ । यो विषयले विश्वका विभिन्न देशमा मौलिक अधिकार सरहको अधिकार प्राप्त गरेको पाइन्छ । गोरा र कालाबीचको विभेद हटाउने नेल्सन मण्डेला त्यसै सम्मानित भएका होइनन् ।  मातृभाषा भन्दा अन्य भाषाको प्रचलन बढी भएको ठाउँमा मातृभाषा शिक्षाको विषयले महत्व पाएको देखिन्छ नै ।  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here