नेपाल भाषाका विद्यार्थीहरुले शिक्षा मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाईयाे

43

काठमाडाैं – रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाल भाषाका शिक्षक तथा नेपालभाषाका विद्यार्थीहरुले माननीय कृष्णगोपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्ति हुनु भएकोले सिहंदरवारमा भेटघाट गर्नुको साथै ज्ञापन पत्र बुझाईएको छ ।

ज्ञापन पत्र क्याम्पसका नेपालभाषा विषयका प्रा. डा. चन्द्रमान बज्र्राचार्यका साथै नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जन, महासचिव प्रशान्त, तथा युनियन सदस्यहरु सुरोज महर्जन, सृजनमान श्रेष्ठहरुले संयुक्त रुपमा बुझाईएको थियाे ।

उक्त ज्ञापन पत्रमा भनिएको छ उपत्यकाका आशा एवम् भरोसाका दरिलो स्तम्भ (धिसिलाःगु थां) हुनु भएका माननिय कृष्णगोपाल श्रेष्ठज्यू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएकोले नेवार विद्यार्थीहरुको साझा संगठन नेवाः विद्यार्थी युनियनद्धारा कार्यकाल सफलताको कामना गरी सुभकामना व्यक्त गरिएकाेछ ।

यस रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातक तहमा आज भन्दा करिव आठ नौठ बर्ष अगाडि नेपालभाषा अध्यापन बन्द भइसकेकोलाई ध्यानमा राखी सम्पूर्ण मातृभाषा अनुरागी, नेपालभाषा अभियन्ता, विद्यार्थी, शिक्षकहरुको संयुक्त प्रयासमा ने।स। ११३८ अर्थात वि.स. २०७४ देखि नेपालभाषा विषय पुनः समावेश गर्न सफल हुनु सम्पूर्ण नेपालभाषाभाषीहरुका निम्ति गर्भको कुरा प्रस्तुत गर्न पाउँदा एकदम खुशी लागेको छ ।

आजभोलि यस क्याम्पसमा उपत्यकाका अरु क्याम्पसमा स्नातक तह सबै भन्दा बढी नेपालभाषा पढ्ने विद्यार्थी रहेको छ । जसमध्ये पहिलो, दोस्रो, तेस्रो तहमा गरी जम्मा ५३ जना विद्यार्थी भएता पनि विद्यार्थीहरुलाई क्याम्पस प्रशासनबाट कक्षा कोठाको आवश्यक व्यवस्था नहुनुबाट विद्यार्थीहरु मर्का भइरहेको छ । चाहिने पाठ्यसामग्री सम्बन्मा सम्बन्धित प्रकाशक तथा संघसंस्थालाई सम्बन्धित निकायहरुले तत्कालहरुले विशेष ध्यान दिन अनुरोध गर्दछौं ।

साथै रत्नराज्य लक्ष्मी क्याम्पसमै नेपालभाषा स्नातकोत्तर (एम. ए.) तहमा विद्यार्थीहरुले रुचि देखाइरहेकोले अध्ययनअध्यापनकाे व्यवस्था यथाशिघ्र सम्बोधन हुने आशाका साथ माननीय मन्त्रीलाइ ज्ञापन पत्र हस्तातरण गरिएकाे जनाइएकाे  छ।

जय  मातृभाषा

                                                                                                    नेवाः विद्यार्थी युनियन
रिदेन महर्जन
(अध्यक्ष)