सामाजिक संजाल मार्फत ठगी गर्ने गिरोही प्रहरीकाे फन्दामा

196

बारा । सामाजिक संजाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न मध्येका एक जना पक्राउ परेका छन् । प्रसौनी गाउँपालिका-४ बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

महतोले महागढीमाई नगरपालिका-३ बस्ने दिपेन्द्र प्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्न अग्रिम १ लाख ७५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ भनी विभिन्न प्रलोभन दिई उक्त रकम ठगी गरेका थिए ।

महतो उपर ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here