स्याङ्जाकाे गल्याङ नगरपालिका चोरको बिगबिग

394

स्याङ्जा – विगतका केही दिनदेखि स्याङ्जा  जिल्लाकाे गल्याङ नगरपालिकामा  चोरी घटना बढिरहेकाे छ । नगरपालिकाकाे वडा नं ९ स्थित चितडाडा, अमिलाथुम र साङलियामा चोरको बिगबिगी बढेको भन्दै सबैलाई सचेत रहन वडा कार्यालयले अनुरोध गरेको छ ।

यस वडा भित्र चार दिनमा दश घरमा चोरीको भन्दै उक्त घरहरुमा चोरी गर्ने अज्ञात समुह हालसम्म पक्राउ नपरहेको हुँदा फेरी पनि चोरीको घटना हुन सक्ने सम्भावना रहेको हुँदा वडावासी सबैलाई सचेत रहन आग्रह गर्दै सूचना समेत जारी गरिएको वडा अध्यक्ष हरि खनालले जानकारी दिनुभयो ।

वडाले एक सूचना जारी गर्दै गाउँमा प्रेसर कुकर बनाउने, कपडा बेच्ने, ग्यास चुलो बनाउने, आयुर्वेद औषधी बेच्ने नाउँमा गाउँमा आएका नयाँ व्यक्तिहरुबाट यस्तो घटना बढ्दै गएको अनुमान गरेको छ ।

त्यसरी गाउँमा आएका व्यक्ति शंका लागेमा तुरुन्त वडा कार्यालय वा नजिकको प्रहरी चौकीलाई खबर गर्न भनिएको छ ।अनेक बहानामा आएको व्यक्तिहरुलाई घर परिवारका सदस्यहरुलाई लठ्ठ हुने वस्तु सुगाएर लुटपाट गर्ने गरेका घटना बाहिरिएको हुँदा सर्तक रहन वडाले आग्रह गरेको छ ।

notice.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here