पेशागत मर्यादाभित्र रहेर पत्रकारितन गर्न आह्वान

157

काठमाडाैं – प्रधानमन्त्री केपी ओलीले सञ्चारकर्मीहरुलाई पेशागत मर्यादाभित्र रहेर तथा नेपाली सभ्यतालाई ध्यानमा राख्दै पत्रकारिता गर्न आग्रह गर्नु भएको छ ।

पत्रकारले कुनै आग्रह वा रीसको आधारमा नभई सत्यको खोज गरेर समाचार,लेख्नुपर्नेमा प्रधानमन्त्रीले जनाएका छन् ।  देशमा केही सञ्चारकर्मी वा सञ्चारसंस्था पीत पत्रमारितामा नै रमाउने गरेको र यसैलाई नै छान्ने गरेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो “त्यस्ता पत्रकरले आत्मा बिर्सेका हुन्छन् र ती जिउदै नर्क गए जस्ता हुन् “।

प्रचण्डलाई संकेत गर्दै आफू निसन्ताना हुनुमा हीनताबोध नभएको तर प्रचण्डले आफ्नो छोरीज्वाईलाई अवसर दिएर आफ्नो आह्वानमा जीवन दिने योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाउनु भयो ।”केपीका छोराछोरी छैनन् मेरा त छोरीज्वांँई छन्  हेर्नै पर्‍यो । छोरीलाई मेयर बनाउनै पार्यो,मतले नपुगे मतपत्र च्यात्नै पर्‍यो । ज्वाँईलाइ घरघडेरी किनिदिनै पर्‍यो ।” ओलीले भन्नुभयो ।  प्रेस संगठन नेपालको ओली पक्षीय भेलालाइ सम्बोधन गर्दै ओलीले परिवार र नातागोताको कुरा गर्दा आफूलाइ केपी ओलीका छोराछोरी छैनन् भनेर प्रचण्डले जवाफ दिएको भन्दै कटाक्ष गरेका थिए ।

ओलीले शिष्टाचारको विषयलाइ जोड्दै अब हामी “यू” बाट “तपाई”/”हजुर”मा फर्कनुपर्ने बताउनु भयो । शिष्टाचारले कोही  पनि नबिग्रनेमा उहांँको जोड छ । हामी कुनै चराचुरुङ्गी होइन विचार विबेक चेतना भएको मानवीय प्राणी भएको हुर्केपछि बाबु आमालाई छोडेर जाने होइन । संगठनको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here