दुई फरार प्रतिवादी पक्राउ

128

काठमाडौं । झापामा बहुविवाह र सवारी ज्यान मुद्दाका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ११ का ३१ वर्षीय बाबुल राजवंशी र दमक नगरपालिका १ का ३२ वर्षीय सन्तोष रामदान छन् ।

बाबुललाई जिल्ला अदालत झापाको ०६८ फागुन २८ गतेको फैसलाले बहुबिवाह मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय भएको थियो । यसैगरी सन्तोषलाई जिल्ला अदालत खोटाङको ०७१ मंसिर २३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १३ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएको अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here