पुराना वामपन्थी नेता ‘काजी बा’ को निधन

96

चितवन- पुराना वामपन्थी नेता खम्बसिंह कुँवर ‘काजी बा’को निधन भएको छ।

उनको ९५ वर्षको उमेरमा मंगलबार बिहान ८ः४५ बजे भरतपुर अस्पतालमा निधन भएको हो। लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो। उनलाई अन्तिम समयमा निमोनिया समेत भएको थियो।

वि.सं. २०११ देखि कम्युनिष्ट पार्टीमा लागेका कुँवरले २०२२ सालमा आफ्नै नेतृत्वमा चितवनमा प्रगतिशिल पार्टीको सुरूआत गरेका थिए। पछिल्लो पटक उनी नेकपाको केन्द्रीय सल्लाहकार भएका थिए। उनको शव भरतपुर-६ केशरबागमा रहको निवासमा लगेपछि मंगलबार नै अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ। कुँवरको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउँदैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here