आजबाट कोरोना भाइरसविरुद्ध खोपको प्रयोग शुरु

118

काठमाडौं । नेपालले आजबाट कोरोना भाइरसविरुद्ध खोपको प्रयोग शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुभारम्भ गरेका हुन् ।

भारतले अनुदानस्वरुप दिएको १० लाख डोज खोप स्वास्थ्यकर्मीहरुलाई प्राथमिकताा राखेर प्रयोगमा ल्याउन शुरु भएको हो । सेरम कम्पनिले उत्पादन गरेको अक्सफोर्ड भ्याक्सिन प्रयोगमा ल्याइएको हो । ४ लाख ४३ हजारले पहिलो चरणमा खोप पाउने भएका हुन् ।

विश्वका कतिपय धनी मुलुकहरुमा कोरोना भाइरसविरुद्धको खोपको प्रयोग शुरु भइसकेको छैन । उनीहरुलाई उछिन्दै नेपालले खोप प्रयोगमा ल्याएको हो ।
अहिलेसम्म विश्वभरमा झण्डै सात करोड मानिसले कोरोना भाइरसको खोप लगाइसकेका छन् । भारतले विश्वको सबैभन्दा ठुलो खोप अभियान चलाइरहेको छ ।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा झण्डै साँढे दुई करोडले खोप पाइसकेका छन् । चीना डेढ करोडले खोप लगाइसकेका छन् । इजरायलको झण्डै आधा जनसंख्याले खोप लगाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here