निवेदककाे बहस सकिएकाले सोमबारबाट सरकारी पक्षले बहस

106

काठमाडौं-प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा चलिरहेकाे सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएकाे छ। निवेदकका तर्फबाट अन्तिम बहस अधिवक्ता तुलसी सिंखडाले बहस गरेका हुन्।

निवेदककाे बहस सकिएकाले सोमबारबाट सरकारी पक्षले बहस गर्नेछ। विघटनकाे निर्णयलाई सरकारी पक्षबाट महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरूले बचाउ गर्नेछन्। सरकारी पक्षको बहसलाई सघाउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीका न‍िजी कानुन व्यवसायीले पनि बहस गर्नेछन्।

उनीहरूपछि सभामुख अग्नि सापकाेटाका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यस्तै नेपाल बार र सर्वाेच्च बारबाट सिफारिस भएका एमिकस क्युरीका ५ जना सदस्यले पनि यो मुद्दामा बहस गर्नेछन्।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणासहित ५ न्यायाधीशकाे इजलासमा बहस चलिरहेकाे छ। सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा माघ ४ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकाे थियाे।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनकाे सिफारिस गरेका थिए। राष्ट्रपति विधादेवी भण्डारीले केही घण्टामै अनुमाेदन गरेकी थिइन्। विघटनविरुद्ध १३ थान निवेदन सर्वोच्चमा पुगेका छन्। यी निवेदनमाथि सुनुवाइ भइरहेको छ। विघटनको निर्णयले नेकपा राजनीतिक रूपमा विभाजित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here