प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको अवहेलना मुद्दाको सुनुवाइ आज हुने

57

काठमाडौं / डबल नेकपाको प्रचण्ड समूहका अध्यक्ष प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको छ। प्रचण्डले अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा दर्ता गराएको थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी रिटमा उल्लेख छ। अदालतको प्रतिष्ठा विपरित प्रचण्डले अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण दिदैँ आएकोले कानुनतः दण्डनीय रहेको जिकिर गरि रिट निवेदन दर्ता भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here