बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त

309

काठमाडौं । एक महिनादेखि रिक्त रहेको बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । साेमबार बसेको मन्त्रिपरिषद्को बैंठकले पुर्व सचिव सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । चिरञ्जीवी चापागाँइको ४ वर्षे अवधि सकिएर एक महिनादेखि खाली रहेको अध्यक्षपदमा सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सिफारिसमा सिलवाल नियुक्त भएका हुन् ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, चार्टड एकाउन्टेन्ट तथा आइक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्य र कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र पोखार विश्व विद्यालयका सहप्राध्यापक डा. रविन्द्र घिमिरे लगायत बीमा समितिको अध्यक्षमा आकांक्षी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here