भारतमा प्रकाश बुढाथोकीलाई आइलिग खेल्ने अवसर

254

काठमाडौं – नेपालका राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकीलाई  एसियाकै प्रतिष्ठित मानिएकाे भारतको इण्डियन सुपर लिग (आइलिग) खेल्ने अवसर प्राप्त भएकाे छ । भारतको मणिपुरस्थित नेरोका एफसीमा अनुबन्धित पश्चात उनले आइलिग खेल्ने अवसर पाएका हाे।

आइलिग भारतको ‘ए’ डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो । धरान उपमहानगरपालिका-२० पटनाली निवासी बुढाथोकीलाई यहाँको पुरानो फुटबल क्लब धरान फुटबल क्लबले आज बिदाइ गरेको छ । एन्फा १ नं प्रदेश अध्यक्ष तथा क्लबका अध्यक्ष किशोर राईले सफलताको शुभकामना दिँदै बिदाइ गरे । क्लबले उनलाई रु आठ हजार नगद पनि प्रदान हस्तान्तरणा गरेकाे थियाे ।

धरान फुटबल क्लबबाट आफ्नो फुटबल करियर शुरू गरेका बुढाथोकीले नेपालको राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए । आफ्नो प्रोफाइल हेरेर क्लबले अनुबन्ध गर्दा  खुशी लागेको जनाए ।  “उत्कृष्ट प्रदर्शन गर्न हरसम्भव प्रयास गर्नेछु, यो अवसरलाई चुक्न दिने छैन, नेपाली खेलाडीको सान बनाउने मेरो लक्ष्य छ”, उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here