ममहामारीमा धेरैको ज्यान बचाउन सफल १ सय वर्षीय ‘हिरो’ काेराेनाबाट निधन

88
1272948331

लन्डन । बेलायतमा कोभिड महामारीका बेला धेरै जनाको ज्यान जोगाउन पहल गर्ने क्याप्टेन टम मोरको कोभिड संक्रमणबाटै निधन भएको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ‘एनएचएस’ का लागि ३३ मिलियन पाउण्ड जुटाएका ‘एनएचएस हिरो’ ले अरु धेरैको ज्यान बचाए पनि महामारीबाट आफू बच्न सकेनन् । श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार बेडफोर्ड अस्पताल भर्ना गरिएका १०० वर्षीय मोरको कोरोनाका कारण मंगलबार निधन भएको छ ।

निमोनियाको उपचार गराइरहेका क्याप्टेन मोरको गत हप्ता कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको उनकी छोरीले जानकारी दिएकी थिइन् ।

दोस्रो विश्वयुद्धका भेटेरान टम मोरले गतवर्ष कोरोना महामारीका बखत आफ्नै बगैचामा एक सय पाइला हिंडेर नेशनल हेल्थ सर्भिस ९एनएचएस० का लागि झन्डै ३३ मिलियन पाउण्ड संकलन गरेका थिए ।

निमोनियाको औषधिका कारण उनी कोरोना विरुद्धको खोप लगाउनबाट समेत बन्चित भएका थिए । महामारीका बेला उनले पुरयाएको योगदानका कारण उनले बेलायतकी महारानीबाट समेत सम्मान पाएका थिए ।

उनको निधनमा बेलायती महारानीले समेत श्रद्धान्जली व्यक्त गरेकी छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले टम मोर विश्वकै महान हिरो भन्दै प्रधानमन्त्रीको कार्यालयको झण्डा आधा झुकाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here