थाहा पाइराख्नुहोस् टेलिकमका शर्टकोड

134

काठमाडौं ।  नेपाल सरकारकाे स्वामित्व  रहेको दूरसञ्चार कम्पनी देशमा सबै प्रकारका दूरसञ्चार सेवा सञ्चालन गर्ने एक मात्र कम्पनी हो ।

यस कम्पनीले ल्याण्डलाइन फोन, मोबाइल (जीएसएम तथा सीडीएमए), एडीएसएल, एफटीटीएच इन्टरनेट, आईपीटिभी लगायतका विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

यस्तोमा कम्पनीले आफ्ना ग्राहकको सहजताका लागि विभिन्न शर्टकोडहरु प्रयोगमा ल्याएको छ । सबै प्रयोगकर्तालाई थाहा नहुनसक्ने देखेर हामीले टेलिकमका विभिन्न शर्टकोड र तिनको काम यहाँ उल्लेख गरेका छौं ।

ग्राहक सेवासँग सम्बन्धित शर्ट कोड

  • १९१ः सीडीएमए इन्क्वेरी
  • १९२ः गुनासो सुन्ने
  • १९७ः इन्क्वेरी
  • १९८ः पीएसटीएन, एडीएसएल, भीस्याट टेलिफोन र एफटीटीएचको गुनासो सुन्ने
  • १४१२ः एनटी रिचार्ज कार्डबाट रिचार्जका लागि
  • १४१३ः पीएसटीएन एडीएसएल एनटीसी मोबाइलरनमस्ते रिचार्ज गर्न
  • १४१५ः एडीएसएल बिल सोधपुछ एसएमएस शर्टकोड, नमस्ते प्रिपेड हराएको दाबी तथा रद्द गर्न । डेटा इन्क्वेरी तथा सब्सक्रिप्सन । सीडीएमए प्रिपेडबाट डायल गरी ब्यालेन्स थाहा पाउन, थप्न र हराएको दाबी गर्न वा हटाउन । जीएसएम, सीडीएमए डेटा प्याकेज सब्सक्रिप्सन गर्ने, एफएनएफ रजिस्टर गर्ने ।
  • १४१६ः वाईफाई हटस्पट सब्सक्राइब गर्न ।
  • १४२४ः सस्तो एवं गुणस्तरीय अन्तर्राष्ट्रि«य बाह्य कल गर्न ।
  • १४२५/१४४५ः अन्तर्राष्ट्रिय बाह्यगमन बजेट कल गर्न ।
  • १४२८ः एनटी प्रो सेवा सुचारु गर्न ।
  • १४५५ः सीआरबीटी सम्बन्धी विविध कार्यको लागि ।
  • १४९८ः मोबाइल कम्प्लेन ।
  • १६००ः एसएलसी रिजल्ट इन्क्वेरी (एसएमएस तथा आईभीआर)
  • ∗१६००#: सिममा एसईई अफर प्राप्त गर्न ।
  • ∗४००३#: जीएसएम मोबाइल ब्यालेन्स थाहा पाउन ।
  • ∗४१२#: विभिन्न सेवाहरुमा रिचार्ज गर्न ।
  • ∗४४४३#: जीएसएम सिम तथा फोरजी सिम एक्टिभ गर्न ।
  • ∗१४१४#: नयाँ सिम पहिलो पटक एक्टिभ गर्न ।
  • ∗१४१५#: कम्पनीले प्रदान गरेका विभिन्न सेवाहरु खरिद गर्न ।
  • ∗१४१९३#: कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक सर्वेक्षणमासहभागी हुन ∗१४४१३ ई–शिक्षा प्याक खरिद गर्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here