याे हाे विश्वकै अनाैठाे रूख जसकाे आउछ रगत

233

यो सदावहार हरियो हुन्छ । यो चट्टानी मैदान र उच्च भेगमा पाइन्छ । जसकारण यसले धेरै वर्षसम्म पानी संरक्षण गरेर राख्न सक्छ । यस्ता रुखहरु आइसल्याण्ड र पश्चिमी मोरक्कोको नजिकै पाइन्छन् । यिनीहरु अरेबियन समुन्द्रमा अवस्थित छन् । उक्त रुखलाई काटिएको खण्डमा यसबाट मानिसको रगत जस्तो रातो तरल, ¥याल आउछ, जसको कुनै गन्ध र स्वाद हुँदैन ।

यो रुखमा एन्टि–अक्सिडेन्ट फिनोलहरु र एन्टि– ज्वलनशील यौगीकहरु हुने भएकाले यसबाट मानिसको रगत जस्तो तरल पदार्थ आउछ । यसबाट आउने ¥याल जस्तो तरलमा प्रभावकारी पदार्थ रहेको हुन्छ, जसलाई डार्को भनिन्छ । यो स्वस्थ्य समस्या समाधान गर्न धेरैजसो चिकित्सा क्षेत्रमा प्रयोग हुन्छ । यो औषधि उद्योगको एक भाग हो । यसबाट निम्न उपचारका लागि औषधि बनाइन्छ ।

१.घाउ निको पार्न
२.जलेको ठाँउमा लगाउन
३.शरीरको कुनै भागबाट बगिरहेको रगत रोक्न
४.छाला रोगको उपचार गर्न
५.पेटसम्बन्धि रोगहरु उपचार गर्न
डार्को अरु केही उद्योगहरुमा पनि प्रयोग गरिन्छ । यो मन्जन, मसि, पोलिश बनाउन, ऊन र मार्बलमा रंग लगाउन र लिपिस्टिक उद्योगहरुमा पनि प्रयोग हुन्छ । यो रुखले रातो मह बनाउछ जो विश्वमै सबैभन्दा बढी महंगो र स्वास्थ्यकालागि फाइदाजनक छ । यसको पातहरु डोरी बनाउन प्रयोग गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here