काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ। हिजाे शनिवार ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को झापामा ३ र मोरङमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को सर्लाही र सिरहामा १÷१ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ४८ जनामा कोरोना पुष्टि भएको छ। चितवनमा १०, भक्तपुरमा ५, मकवानपुरमा १ र ललितपुरमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
शनिवार गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २, गोरखामा २, पर्वतमा १, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको नवलपरासीमा १, पाल्पामा ३, प्युठानमा १ र रुपन्देहीमा २ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेशको कञ्चनपुरमा १ र सुदूरपश्चिम प्रदेशको कैलालीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।