अमेरिकाका पूर्व विदेशमन्त्री सुल्ट्जको निधन

257

एजेन्सी ।  अमेरिकाका पूर्व विदेशमन्त्री जर्ज सुल्ट्जको एकसय बर्षको उमेरमा निधन भएको छ ।

राष्ट्रपति रोनाल्ड रेगनका पालामा विदेशमन्त्री भएका उनको क्यालिफोर्नियाको स्टानफोर्डमा रहेको घरमा निधन भएको हो ।  रोनाल्ड रेगनको पालामा झण्डै ६ बर्ष विदेशमन्त्री भएका उनले त्यसअगाडि राष्ट्रपति रिचर्ड निक्सनका पालामा अमेरिकाको श्रममन्त्री, अर्थमन्त्री र बजेट तथा व्यवस्थापन कार्यालयका निर्देशकका रुपमा समेत काम गरेका थिए ।

राष्ट्रपति ड्वीट इसेनहावरका पालामा पनि उनले अर्थविदका रुपमा काम गरेका थिए ।  अमेरिकी विदेशमन्त्री रहेको बेलामा उनले सन् १९८० को दशकमा मध्यपूर्वमा शान्तिका लागि मार्ग प्रसस्त गर्न र शोभियत संघसँगको शीतयुद्धकालिन सम्बन्ध सुधारका लागि भूमिका खेलेका थिए ।

जर्ज सुल्ट्ज अहिलेसम्मका सबैभन्दा बढी उमेरसम्म बाँचेका मन्त्री थिए ।  सन् १९२० मा न्युयोर्कमा जन्मिएका र न्युजर्सीमा हुर्किएका उनले एमआईटीबाट सन् १९४९ मा अर्थशास्त्रमा पीएचडी गरेका थिए ।

उनले एमआईटी र युनिभर्सिटी अफ शिकागोमा पढाएका समेत थिए । पहिलो पत्नीको निधन भएको दुईबर्षपछि उनले उनले सन् १९७७ मा शार्लोट मेलार्डसँग विवाह गरेका थिए । जर्ज सुल्ट्जका ५ छोराछोरी, ११ नातिनातिनी र ९ पनातिनातिनी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here