नेपालमा कोरोनाभाइरसका १३० जना सङ्क्रमित थपिए

90

काठमाडौं । नेपालमा कोरोनाभाइरसका १३० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका १९४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ३३३ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे । हालसम्म २० लाख ९६ हजार ७५० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार ५५ पुगेको जनाएको छ ।

जसमध्ये दुई लाख ६८ हजार २६६ जना सङ्क्रमित निको भएका छन् । नेपालमा ९८.६१ प्रतिशत सङ्क्रमित निको भएर घर फर्केका छन्  ।

हाल एक हजार ७४४ जना सङ्क्रमित आइसोलेशनमा छन् । हाल ९२ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा सातजना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ४५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here