अहंकारले अन्धा भएका छन् सत्तासीन नेकपाका नेताहरु !

20

— प्रीति रमण

दुई तिहाई बहुमतको नजिक पुगेको सत्तासीन नेकपाले सरकार निर्माण गरेको तीन बर्ष वितिसक्दासम्म पनि देश र जनताको हितमा काम गर्न उत्साह देखाएन । प्रधानमन्त्रीले समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर नेपाली जनतालाई भूलभुलैयामा राखेर सत्ता उन्माद देखाउने काम गरे । देशको आवश्यकता के हो ? जनताका चाहनाहरु के छन् ? चुनावी घोषणापत्रमा के लेखिएको छ ? चुनावमा जनतासँग मत माग्न जाँदा के के आश्वासन बाँडियो ? भन्ने जस्ता प्रश्नहरु नेताहरुले आपैmसँग उत्तर खोज्ने गरी कार्यशैली देखाउनु पर्दथ्यो । नेताहरुले आफ्ना गूट निर्माण र परिवारको सुख बाहेक अरु ध्यान दिन सकेनन् । त्यसैले गर्दा दुई तिहाई बहूमत बाँदरको हातमा नरिवल बन्न पुगेको छ ।

 गर्न चाहेको भए सत्तासीन नेकपाले धेरै काम गर्न सक्ने अवसर पाएको थियो । केपी ओली र पुष्पकमल दाहाल बीच पार्टी एकीकरणका क्रममा भएका लिखित सम्झौता सार्वजनिक भइसकेको छ । सम्झौता अनुसार सरकारको नेतृत्वमा आलोपालो भन्ने कुरा स्पष्ट साथ बुझिन्छ । तर यो आलोपालोको सहमति नै पार्टी विभाजनको कारण बन्न पुगेको छ । नेपाली जनतालाई यो सबै भन्दा ठूलो घात भएको छ ।

कुनै पनि राजनीतिक दलको गठन सरकार निर्माण गर्ने चाहनाका साथ भएको हुन्छ ।  सरकार निर्माण गर्ने हैसियतमा नेपाली जनताले अरु कसैलाई पत्याएनन् । नेकपा एमाले र माओवादी केन्द्र बीचको चुनावी गठबन्धनले नै अत्याधिक बहूमत प्राप्त गर्न सफलता मिलेको हो भन्ने कुरा स्पष्ट छ । यसै आधारमा दुवै पार्टी बीच एकीकरण पनि भएको हो । दुवै पार्टीका नेताहरुको राजनीतिक पृष्ठभूमि निक्कै संघर्षमय छ । दुवै पार्टीका नेताहरुले जनताका बीचमा  कम्युनिष्ट आदर्शको परिचय बनाएका छन् । त्यसैले नेपाली जनताले दुवै पार्टीका नेताहरुलाई सत्तामा पु¥याउन सहयोग गरेका हुन् । जनताले नेताहरुलाई गर्न सक्ने यो भन्दा अरु केही छैन, हुँदैन ।

हुनत नेपाली जनताले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई आफ्नो छाक काटेर पनि खाना ख्वाएका छन् । आफ्नो घरका परिवारका सदस्यहरु सुत्ने विस्तरामा नेताहरुलाई सुताएका छन् । जनताले नेताहरुका लागि गर्ने काम यो भन्दा अरु के हुन सक्छ ? तर नेताहरुले जनताबाट प्राप्त गरेको यस्तो आत्मीय सहयोग र आत्मीय व्यवहार विर्सिएका छन् । जनताका घरमा नेताहरु सुतेका विस्तरा समेत फेर्न जनताले पाएका छैनन् । नेताहरुलाई खाना ख्वाएका भाडाहरु समेत फेर्न पाएका छैनन् । जनताले आफ्ना घरहरु पुरानै अवस्थामा गुजारा चलाइरहेका छन् । तर नेताहरुले आफ्नो जीवनस्तर कति माथि उठाएका छन् भन्ने कुरा यहाँ उल्लेख गरेर साध्य छैन । नेताहरुले आफ्ना परिवारका सदस्यहरुका लागि के कति सुविधा प्राप्त गरेका छन् भन्ने कुरा पनि यहाँ उल्लेख गर्न आवश्यक छैन । जनताको अवस्था झनै दयनीय छ । तर नेताहरुले वर्ग परिवर्तन गरेर जनतालाई विर्सिएका छन् । नेताहरुले आफ्नो विगत विर्सिएका छन् ।

नेताहरु सबैले आपूmहरु सही बाटो हिंडिरहेको दावी गरिरहेका छन् । सही बाटो हिंडेको भए देशको अवस्था किन यस्तो भयो ? देश कता जाँदैछ ? यो गम्भीर प्रश्न तर्पm नेताहरुको ध्यान पुग्न सकिरहेको छैन । नेताहरुले जनताका आवश्यकताहरु तर्पm भन्दा शक्ति सम्पन्न मुलुकहरुका आवश्यता तर्पm ध्यान दिइरहेका छन् । सम्पन्न मुलुकहरुले नेपाली युवाहरुलाई आफ्नो देश निर्माणमा प्रयोग गरिरहेका छन् । नेपालका युवाहरु ५० लाख भन्दा बढीको संख्यामा विदेशमा काम गर्न पुगेका छन् । देशभित्र रोजगारीको व्यवस्था गर्न तर्पm यस अघिका सरकारहरुले ध्यान नपु¥याइएका कारण यो अवस्था विकसित भएको हो भन्ने कुरा स्पष्ट छ । कमसेकम अव कम्युनिष्ट पार्टीको अत्यधिक बहूमतको सरकार बनेपछि निश्चय पनि नेपाली युवाहरुले देशभित्र रोजगारी सृजना हुने आशा गर्नु स्वाभाविक हो । तर सरकारले रोजगारी सृजना तर्पm पनि ध्यान दिन सकेन ।

विश्वव्यापी रुपमा पैmलिएको कोरोनाको संक्रमणले गर्दा वैदेशिक रोजगारीमा गएका युवाहरु लगभग सबै नेपाल फर्किएका थिए । ती युवाहरुलाई नेपाल छोडेर विदेश जान अवश्य पनि रहर थिएन । देश भित्र  रोजगारी सृजना गरेर युवाहरुलाई देशभित्रै काममा लगाउने अवसर बनेको थियो । कोरोनाका कारणबाट युवाहरु विदेशबाट नेपाल फर्किने समय र नेपालमा खेतिको मौसमको समय मिलेको थियो । त्यो समयलाई सरकारले सदुपयोग गर्न सक्दथ्यो । तर सरकारले अमेरिकाको स्वार्थको योजनालाई नेपालमा लागू गराउन तर्पm चासो देखायो । सत्तासीन पार्टी समेत त्यसैमा घिसारिन पुग्यो । युवाहरुलाई रोजगारी सृजना गर्नेतर्पm सरकारले ध्यान दिने आवश्यकता महसुस नहुनुको कारण पनि यही हो । विदेशीहरुको स्वार्थका लागि नेपाली युवाहरुलाई विदेश पलायन गराउने र नेपालमा विदेशी सेनाहरुलाई परेड खेल्न आमन्त्रण गर्ने सरकारको उल्टो बुद्धिले गर्दा देश वर्वादीको दिशातर्पm उन्मुख भइरहेको छ । यही कारणले सत्तासीन पार्टीका नेताहरु समाप्त हुने अवस्था तर्पm गइरहेका छन् भन्ने कुरा स्पष्ट छ ।

सरकारले गर्नु पर्ने काम गरेन । तर सत्तासीन पार्टीका नेताहरुले पनि सरकारलाई उपयुक्त मार्गनिर्देश नगरेर भागवण्डाको लागि प्रलोभन देखाउने काम गरे । यही कारणबाट नै सत्तासीन पार्टीका नेताहरुमा  द्वन्द बढेर गएको देखिन्छ । सत्तामा पुगेपछि नेताहरुमा अहंकार  बढेर गयो । अहंकारले परिवारको र गूटको स्वार्थलाई मात्र ध्यान दिने अवस्थातर्पm नेताहरुलाई घिसारेको देखिन्छ । यही अहंकार र सत्ता उन्मादले गर्दा नै  नेताहरु अन्धा भएका छन् । उनीहरु कता जाने भन्ने बाटो देख्न सकिरहेका छैनन् । शक्तिसम्पन्न मुलुकका शासकहरुले जता जान भन्छन् उतैतिर लम्किरहेका छन्, जनताको पर्वाह सत्तासीन नेताहरुलाई छैन । -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here