चौबीस घण्टामा ८१ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

79

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ ।

विगत चौबीस घण्टामा तीन हजार ३२ जनाको पीसीआर परीक्षण गरिएकामा ८१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ४३० पुगेको छ ।

त्यस्तै चौबीस घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ६६० पुगेको छ । हाल क्वारेन्टिनमा ८७ जना छन् भने आइसोलेसनमा एक हजार ७१८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here