काठमाडौं – श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा सरस्वती भजन सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को शब्द रचना रहेको भजनको भिडियो सार्वजनिक भएको हो ।
सूर्य कमल राईको स्वरमा रहेको भजनको भिडयोलाई राजु श्रेष्ठले निर्देशन गरेका छन् । ईश्वर फुँयालको अभिनय रहेको भिडियो अप्सराजको प्रस्तुति हो ।