ग्लोबलले चितवनमा ट्राफिक जरिबाना बापत बुझाउनु पर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी सेवा सुरु

15

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबाना बापत बुझाउनु पर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनु पर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिने छ ।

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायवमहानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गर्नु भएको छ । ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले समय समयमा यस किसिम कायोजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आम जनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गर्नु भएको छ ।

बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, ४७ राजश्व संकलन एवम् एक्सटेन्सन काउन्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here