प्रधानमन्त्री ओलीद्वारा बैठक आह्वान

19

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान सिंहदरबारस्थित परिषद्को कार्यालयमा बैठक आह्वान गर्नुभएको छ ।

 अहिले त्यस्तो के गम्भीर परिस्थिति आइलाग्यो जसले गर्दा यो बैठक बस्न लागेको छ भन्ने गम्भीर चासो पैदा भएको छ ।

देशको सुरक्षा अवस्थाबारे छलफल गर्न आवश्यकताअनुसार यो बैठक बस्ने गरे पनि अहिले भने विभिन्न अड्कल गर्न थालिएको छ । परिषद् प्रमुख तथा प्रधानमन्त्रीले नै बैठकको अध्यक्षता गर्ने परिषद्को बैठक विशेष अवस्थामा बस्ने गर्छ ।

संसद् पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र केही दिनमै फैसला आउने जनाइरहेका बेलामा यसरी बस्दै गरेको बैठकबाट कतै प्रधानमन्त्री ओली देशमा संकटकाल लगाउन त लाग्दै छैनन् भन्ने विश्लेषण,चर्चा परिचर्चा समेत हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here