कलाकारकाे आपसी भातृत्वको लागि एम्स आर्टिष्ट फुटसल हुने

246

काठमाडौं । आज भन्दा करिव चार बर्ष अगाडि स्थापना भएको एम्स इन्टरटेन्टमेन्ट प्रा.लिको आयोजनामा एम्स आर्टिष्ट फुटसल खेल हुने भएकाे छ । गत विहिवार कीर्तिपुर नगरपालिका वडा १ बाघ भैरव मन्दिरस्थित स्वंमा नेवाः रेष्टुरेण्टमा पत्रकार सम्मेलन गरी जनाएका हुन् ।

साे संस्थाका सचिव राजेन्द्रकुमार महर्जनले विज्ञप्ति पढेर सार्वजनिक गरेकाे कार्यक्रममा गत माघ २३ गते एम्सकाे चाैथाे साधारणसभाबाट निर्वाचित हुनु भएका संस्थाका नयाँ कार्यसमितिका सदस्यहरूलाई सम्मान समेत गरिएकाे थियाे ।

विज्ञप्तिमा जनाइए अनुसार आगामी फागुन २९ गते शनिवार एम्स आर्टिष्ट फुटसल चन्द्रागिरी नगरपालिका ९ वडामा रहेकाे मत्स्य रिक्रेशन सेन्टरमा हुने कार्यक्रमकाे समापन चैत्र १४ गते कीर्तिपुरकाे मञ्जुश्री पार्कमा हुने भएकाे छ ।

यसका साथै फागुन २९ गते शनिवार मैत्रीपूर्ण एम्स आर्टिष्ट फुटसल खेल प्रवर्द्धन गर्न तथा  विगत ११ महिनादेखि कोभिड १९ महामारीका कारण व आर्थिक, सामाजिक व मानसिक रुपले  तनाब भई रहेकाे अवस्थामा  फुटसल खेलबाट  रिफ्रेसमेन्ट हुुुुने आशाका साथ   कलाकारबीच सम्बन्ध  र  भातृत्व   राम्रो बनाउन,  व सम्बन्ध विस्तार गर्न,  आत्मीयता बढाउने अवसर प्राप्त हुने  विश्वास लिएकाे विज्ञप्तीमा जनाएकाे छ ।

आगामी दिनमा समाज, राष्ट्र र कलाकारहरुकाे हकहितका साथै अधिकारका लागि  एम्स इन्टरटेन्टमेन्ट प्रा.लिं निरन्तररुपले  कदम चालिरहने तथा चलचित्र, लघुचलचित्र, म्यूजिक भिडियो लगायत मनोरञ्जनात्मक कायक्रमकाे आयाेजना गर्दै  भावी योजना रहेकाे  समेत  पत्रकार सम्मेलनमा  विज्ञप्तिबाट जानकनरी दिए ।

यस अलवा  म्यूजिकल इभेन्ट्स, म्यूजिकल पिकनिक, राफ्टिंग, कलाकार सम्मान र  कलाकारलाई  भौतिक व आर्थिक रुपले गरिदै आईरहेका छाैं । कलाकारका लागि स्वास्थ्य क्षेत्रमा केही राहत हाेस् भन्ने हेतुले  एमआरआई (क्यापिटल डाइग्नोष्टिक सेन्टर पुतलीसडक), अल्ट्रासाउण्ड (काठमाडौं अल्ट्रासाउण्ड क्लिनिक, बागबजार) मा सिटी स्क्यान (अरनिको मेडिकल डाइग्नोष्टिक सर्भिस, सीतापाईला) मा ३० प्रतिशतसम्म जिवनभर सेवा, साे संस्था रहेसम्म सेवा  दिने बिइगु र प्रत्यृक दुई बर्षकाे अन्तरालमा   एम्स संस्थामा नवीकरण   गर्नु पर्ने अनुसार   सम्झौता भई सकेकाेलेे सेावाका लागि एम्स इन्टरटेन्टमेन्ट प्रा.लिमा सम्पर्क राख्न अनुराेध गरेका छन् ।

कार्यक्रममा चर्चित गायक भीम तुलाधर, बबिन प्रधानकासाथै अन्य कलाकारहरूकाे उपस्थित रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here