पेरिस कम्युनका शिक्षाहरू

23

– हुकुमबहादुर सिंह

संसारमा पहिलो सर्वहारावर्गको शासनको स्थापना नै पेरिस कम्युन(सन् १८७१) हो । पेरिस कम्युन विश्वको राजनीतिक इतिहासमै पहिलो पटक सर्वहारावर्गले पुँजीपति वर्गबाट सत्ता खोसेको थियो र यसको आफनै कानुन लागु गर्ने प्रयास गरेको थियो । कम्युनले यसको आफ्नो कानुनलाई पूर्णता गर्न सकेको थिएन् र ७२ दिनको अवधिभित्रै पुँजीपति वर्गको प्रतिक्रियावादी दमनद्वारा खतम  गरियो  । यद्धपि यसको छोटो अनुभव विश्व ऐतिहासिक महत्वको थियो । यसको अति छोटो अस्तित्वका दौरान यसले नयाँ समाजको एउटा झलक प्रदान गरेको थियो । यसको सकारात्मक र साथै यसको गल्तीहरू दुवै उदाहरणहरूमार्फत यसले विश्वका मजदुर वर्गका लागि अतिनै मूल्यवान पाठहरू प्रदान गरेको थियो । माक्र्सले पहिलो अन्तराष्ट्रियका नेताको रूपमा  उनको भूमिका, अन्तराष्ट्रिय सर्वहाराका लागि यसको महान् अनुभवको पाठहरू संश्लेषण गरेका थिए  ।

पेरिस कम्युनको पृष्ठभूमि १८७०–७१को फ्रान्को–जर्मन युद्धले प्रदान गरेको थियो । यो प्रुशिया(जुन अन्य ससाना प्रान्तहरू १८७१ जनवरीमा जर्मनी बने) माथि प्रतिक्रियावादी फ्रेन्च वादशाह नेपोलियन तेस्रोले आक्रमणको आदेशसंगै सुरू भयो किनभने उसले गलत तरीकाले सोच्यो कि प्रुशियनहरू कमजोर अवस्थितिमा थिए । उसका फौजहरू अति छिटै हराइए र नेपोलियन तेस्रोले आफै आत्मसमर्पण ग¥यो र १८७०को सेप्टेम्वरमा प्रुशियनद्धारा कैदी वनाइयो । नेपोलियन तेस्रोकोे आत्मसमर्पण लगतै थियर्स नाम गरेको एउटा राजनितिज्ञद्धारा नेतृत्व गरिएको एउटा गणतन्त्रको स्थापना गरियो । थियर्सले मार्च १८७१मा जर्मनहरूसित एउटा शान्ति सन्धीमा हस्ताक्षर ग¥यो   । पेरिस यद्धपि, १८७० सेप्टेम्बरदेखि प्रुशियन फौजद्धारा घेरावन्दी हु“दै आएको थियो, थियर्सलाई सुम्पने काम गरेन । यो पेरिस राष्ट्रिय गार्डको नियन्त्रणमा थियो, जसको गठनमा प्रमुखता कामदारहरूको थियो । १८मार्च १८७१का दिन, थियर्सले नेशनल गार्डलाई हथियारविहिन गराउन उसका फौज पठायो । त्यसवेला त्यहॉ विद्रोह भया,े जसमा दुई जना फ्रेन्च फौजका जनरलहरूलाई गोली हानेर मारियो र फौजले बलपूर्वक फिर्ता हुनु प¥यो । सत्ता नेशनल गार्डको हातमा हस्तान्तरण गरियो, जसले, एक हप्ताभित्र, निर्वाचन ग¥यो र ९२ जना सदस्यहरू भएको परिषदको गठन भयो । परिषद, जसमा कामदारहरूको अत्यधिक संख्या थियो, सरकारको अंश भयो । यसले सामाजिक जीवन र शहरको प्रशासनको  पुनर्गठनका लागि अनगिन्ति प्रगतिशील उपायहरू लागु ग¥यो र यसरी सम्पूर्ण कामदार जनताको पुरा समर्थन थियो । पेरिस कम्युन त्यस्तो सरकार थियो जसमाथि लगातार आक्रमण भयो । कामदार वर्गको सामथ्र्यदेखि डराएर  जर्मन र फ्रेन्च उत्पडिकहरूले कम्युनलाई सिध्याउनका लागि तुरून्तै हातेमालो गरे । जर्मनले त थियर्स सरकारलाई फ्रेन्च फौजको ठूलो हिस्सा जसले १८७०मा आत्मसमर्पण गरिसकेको थियो र जेलमा वन्दी थियो,  सिधै पठाएर मद्त पनि पु¥यायो । थियर्स सरकारले प्रबलिकरणहरू द्धारा आफूलाई बलियो बनायो र अनि पेरिसमाथि विजयका लागि पुरा तवरले अभियान चलायो । कामदारहरूले बाहादुरीका साथ लडे तर तिनीहरू राम्रो हातहतियारले सुसज्जित प्रोफेशनल फौजसंग टिक्न सकेनन् । घेरै दिनको बहादुरीपूर्ण लडाईपछि, हजारौ सहीदहरूको बलिदानमा, १८७१ मे२८का दिन कम्युनलाई ध्वस्त पारियो । कब्जा गरि सकेपछि पनि तीसहजारभन्दा बढता कम्युनार्डहरूलाई रक्ताम्य हुने गरी निर्शम्स हत्या गरियो । पैतालिस हजारभन्दा बढतालाई सैनिक हिरासतमा राखियो, ती मध्ये धरैजसोको हत्या गरियो र बा“की अन्यलाई जेलमा वा निर्वासनमा पठाइयो । मानौ यो एउटा पु“जीपतिले कामदारहरूलाई कहिल्यै भूल्नै नसकिनेगरी  दिएको पाठ थियो ताकि उनीहरूले फेरी सत्ता खोस्ने कुरा सपनामा पनि सोच्ने छैनन् ।

पहिलो अन्तराष्ट्रिय, पेरिस कम्युन र फ्रान्को–प्रुशियन युद्धको समयमा यसको आफ्नो लोकपृयताकोे उच्च विन्दुमा थियो । यसको कामदारहरूबीचमा विशाल संघर्षको आधार थियो  र राजनीतिक प्रश्नहरूमाथि नियमित मार्गनिर्देशन प्रदान गर्दथ्यो । जब फ्रान्को–प्रुशियन युद्ध सुरू भया,े माक्र्सले पहिलो अन्तराष्ट्रियको साधारण परिषदको नाममा तुरून्तै एउटा दस्तावेज प्रकाशित गरे । यो दस्तावेज युद्ध सम्वन्धमा माक्र्सवादी कार्यनीतिक सिद्धान्तहरूको सबैभन्दा पहिलो दस्तावेज हो । उनले दुवै फ्रान्स र प्रुशियाका शासकहरूमाथि युद्धका लागि आरोप लगाउ“दै कामदारहरूको अन्तराष्ट्रिय ऐक्यवद्धताका लागि आव्हान गरे । अन्तराष्ट्रियको प्रचारले गर्दा जर्मन र फ्रेन्च कामदारहरू दुवैका बीचमा अन्तराष्ट्रियतावादको एउटा बलियो स्प्रीरिट स्थापित भयो । वास्तवमा बेबेल  र विलहेम लिब्कनेष्टजस्ता यी दुई संसद सदस्यहरू र जर्मन सर्वहारा पार्टीका नेताहरू जो अन्तराष्ट्रियका माक्र्सवादी सदस्यहरू थिए तिनलाई प्रुशियन सरकारले संसदमा युद्ध क्रेडिटसका विरूद्ध मतका लागि जेल हालियो ।

युद्धको सुरू अवधिमा माक्र्सले आक्रामणकारी नेपोलियन तेस्रो शासनको प्रतिक्रियावादी स्वभावका कारण जर्मनको भागमा यसलाई रक्षात्मक युद्धका रूपमा चित्रित गरेका थिए । उनले तै पनि यो प्रतिक्रियावादी शासकको अन्त्यको भविश्यवाणाी गरेका थिए । जब यो घटना घटयो माक्र्सले तुरून्तै एउटा दस्तावेज प्रकाशित गरे जसमा उनलले अहिले विजयको उन्मादले हौसिएको जर्मन युद्धका विरूद्ध  जर्मन कामदारहरूलाई उभिन आव्हान गरे । उनले फ्रान्ससित शान्तिका लागि र भरखरै बनेको गणतन्त्रको मान्यताका लागि आव्हान गरे । उनले गणतन्त्रलाई मौद्रिक अभिजात वर्ग र ठूला पु“जीपतिद्धारा नेतृत्व गरिएको रूपमा हैसियत प्रदान गरे । उनले यद्धपि गणतन्त्रलाई विस्तापित गर्ने र एउटा कामदारहरूको सरकार बनाउने प्रयास अपरिपक्व हुने महसुश गरे । वास्तवमा माक्र्सले पेरिसमा विद्रोहको कुनै पनि प्रयासलाई दृढतापूर्वक विरोध गरे । यो किन भयो भने जर्मनका शत्रुले पेरिसलाई पहिले नै घेरावन्दी गरिसकेका थिए र यस्तो घटनामा कुनै पनि विद्रोहलाई बचाउन सक्ने सम्भावना अति नै न्यून थियो ।

माक्र्सको सल्लाहको विपरित विभिन्न अराजकतावादीका अभियानकर्ताहरू र षडयन्त्रमूलक प्रवृतिहरूका जो पेरिसमा केही अनुयायी थिए, तिनीहरूले विद्रोह संगठितगर्न विभिन्न प्रयासहरू गरे । जब विद्रोह वास्तवमा भयो, माक्र्सले उनका पहिलेका सबै विरोधको वावजुद कम्युनका लागि पुरा र मिलिटेन्ट सहयोगको घोषणा गरे । उनले तुरून्तै यसको ऐतिहासिक महत्व स्वीकार गरे र सहयोग निर्माणका लागि कोशिस गर्दै सयौ चिठीहरू विश्वभरी पठाए । कम्युनमा अन्तराष्ट्रियतावादीलाई सुझाव पठाउदैं उनले सुचना जानकारीहरुमार्फत कम्युनार्डहरूसित सम्पर्क राखिरहे । एङ्गेल्ससित  सरसल्लाह र मसविरा गर्दै, जो सैनिक सवालमा एक जना एक्सपर्ट थिए, उनले कम्युनको सैनिक रक्षासंग सम्वन्धीत विषयमा सल्लाह पनि पठाउदै रहे । यद्धपि कम्युनको नेतृत्व अन्य समूहहरू र प्रवृतिहरूका हातमा थियो, कम्युनभित्रका माक्र्सवादीहरूले उनका कृयाकलापहरू र रक्षालाई मजवुत बनाउन सबै प्रयासहरू गरे ।  कम्युनको पराजयपछि अन्तराष्ट्रिय एउटा प्रमुख संगठन थिया, जसले कम्युनार्डहरू जो फ्रेन्च पु“जीपतिको निर्शम्स दमनका कारण भागेर ज्यान बचाएका थिए उनीलाई वस्नका लागि व्यवस्था ग¥यो र, नोकरी प्राप्त गर्न  मद्त ग¥यो  ।

माक्र्स, जसले तुरून्तै कम्युन ज्यादै ठूलो ऐतिहासिक महत्वको एउटा घटनाको रूपमा त्यसको प्रशम्सा गरे, यसका अनुभवबाट पाठहरू खिच्नका लागि कोशिस गर्दै एउटा गहन विश्लेषण गरे । यो काम, फ्रान्समा गृहयुद्ध  कम्युनकै दौरानमा लेखिएको थियो तर यसको पतनको दुई दिनपछि मात्रै प्रकाशित गर्न सकियो  । यसले यसको उपलब्धीहरूलाई विस्तारगर्ने काम ग¥यो र विश्वभरीका कामदारहरू र क्रान्तिकारीहरूका बीचमा कम्युनको सही पद्धति निर्माण गर्न मद्त ग¥यो ।

माक्र्सले प्रथमतः कम्युनद्धारा लिइएका प्रमुख सकारात्मक र क्रान्तिकारी उपायहरूको उच्च प्रकाश पारे, जसलाई उनले नया“ समाजको ओथारोको रूपमा प्रस्तुत गरे । उनले चर्च र राज्यको विभाजनको रूपमा प्रमुख राजनीतिक निर्णयहरू देखाए, चर्चलाई दिइने अनुदानहरूको खारेजी,जनताको मिलिसियाद्धारा स्थिर सेनाको वदलाव, सबै न्यायाधिसहरू र मेजिष्ट्रेटहरूको नियन्त्रण, सबै सरकारी अधिकारीहरूको तलब स्केलका लागि माथिल्लो तलब मान र तिनीहरूलाई निर्वाचन क्षेत्रप्रति कडाइका साथ उत्तरदायी गराउनेआदि । प्रमुख सामाजिक –आर्थिक उपायहरू स्वतन्त्र थिए र सामान्य शिक्षा पनि, बेकरीहरूमा रातको कामको अन्त्य, कार्यशालाहरूमा कामदारलाई गरिने दण्ड जरिवानाको उन्मूलन, साहुकारको व्यापारस्थलको बन्द, बन्दगरिएका कार्यशालाहरू जो कामदारका सहकारीहरूले सञ्चालन गरेका थिए तिनको कब्जा, वेरोजगारलाई राहत, सस्ता दरका घरहरू र रिणीहरूलाई सहयोग । माथिका सबै उपायहरूले देखाएका थिए कि कम्युनलाई त्यहा“ कुनै स्पष्ट निर्देशन नभएकाले, सबै यसका निर्णयहरू सर्वहाराको कार्यहरूको स्पष्ट मोहर थियो ।

यसको आफुलाई कसरी बचाउने भन्ने तीब्र प्रश्नद्धारा लगातार सामना गरिरहनुको बदला, कम्युनले आफ्नो कार्यमार्फत सर्वहारा क्रान्तिले कस्तो प्रकारको समाज ल्याउदै छ भन्ने पहिलो झलक प्रदान ग¥यो । यसले राज्य सत्तामा सर्वहाराको पहिलो कम्युनले उसको कमजोरीका कारण पनि सर्वहाराको भावी संघर्षका लागि अति नै महत्वपूर्ण पाठहरू प्रदान गरेको छ । यिनीहरूलाई माक्र्सले देखाइसकेका थिए । कम्युनको एउटा गम्भीर कमजोरी भनेको एउटा सिंगो सर्वहारा पार्टीको स्पष्ट र केन्द्रीकृत नेतृत्वको अभाव थियो । यसबाट माक्र्सले यो निचोड निकाले कि क्रान्तिको सफलताका लागि एउटा बलियो,स्पष्ट–दृष्टि भएको र अनुशासित सर्वहारा पार्टीको नेतृत्वको हुनु पूर्णत आवश्यक हुन्थ्यो । अर्को विषय, जसलाई माक्र्सले दोहो¥याई, तेह¥याई जोडका साथ भनेका थिए, त्यो भनेको पुरानो राज्य संयन्त्रलाई पुरै ध्वस्त पार्न आवश्यक छ । नया“ सर्वहाराको राज्य निर्माणका लागि पु“जीपतिको पुरानो राज्य संयन्त्रका अधिकारीहरू माथि निर्भर गर्नु सम्भव थिएन्, जसले पुरानो सामाजिक नियमलाई संरक्षणगर्न पूर्णत प्रतिवद्ध थिए । वास्तवमा कामदारहरूको राज्य निर्माण गर्नका लागि पहिलो आवश्यकता पुरानो राज्य संयन्त्रलाई ध्वस्त पार्नु आवश्यक थियो र यो संग सम्वन्धीत सबै उच्च अधिकारीहरूको निष्काशन आवश्यक थियो ।

कम्युनको पतनपछिको प्रतिक्रिया र दमन अवधिमा, क्रान्तिकारी शक्तिहरूका बीचमा अनुभवहरूको कसरी मूल्यांकन गर्ने र त्यसबाट सही निष्कर्षहरू कसरी निकाल्ने बारेमा एकदमै भ्रम थिए । अराजकतावादीहरू, जसले कम्युनमा विशाल संख्यामा भाग लिएका थिए, पुरै हराइएको अवस्थामा थिए । माक्र्सको विश्लेषणले सबै प्रकारका भ्रमलाई स्पष्ट पार्न एउटा सुस्पष्ट दिशा निेदैृश  दियो । माक्र्सको यो कार्यले विश्वभरका कम्युनका निम्ति सही बुझाइलाई प्रतिपादन गर्न पनि मद्त गरे । कम्युनपछि पु“जीपतिले माक्र्सलाई कम्युनको वास्तविक नेताका रूपमा प्रस्तुत गरे र उनलाई त्यसैकारण विश्व प्रेशद्धारा अन्तरवार्ता समेत लिइयो । यी अन्तरवार्ताहरूमार्फत माक्र्सले यसरी विभिन्न देशका कम्युनिस्टहरुका बीतमा सही अडान के हो त्यसलाई प्रस्तुत गर्न सके । माक्र्सवादले पेरिस कम्युनका सही र गलत अनुभवहरुकाम आधारमा फेरी फेरी सही उत्तरहरू प्रदान गरी रहेको थियो ।  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here