प्रधानमन्त्रीले पोखरा पुगेर मेरो ज्यान तलमाथि हुन सक्छ

92

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जनाएका छन्। सोमबार पोखरामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूमाथि ज्यान मार्नेसम्मको प्रयास भएको संकेत गरेका हुन्।

‘ममाथि कसैले शारिरिक हमाल वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला’, ओलीले भने, ‘तर  त्यस्तो हुन दिइने छैन। म नभएपछि देश अघि बढ्छ मेरो पार्टी रहन्छ। ’ देशको भविष्य र पार्टी तलमाथि पार्न दिनु नहुने भन्दै उनले यसले प्रतिगामी विरुद्ध नझुक्न उनले आग्रह गरे।

यो तीन वर्षमा कति विकास भएको र कति फरक परेको जनताले थाहा पाएको उनले दाबी गरे।  देश विकासको बाटोमा तिव्र गतिमा अघि बढेकाले आक्रमण हुन सक्ने भएको उनको दाबी थियो।

‘हामी असाधारण देश विकास गरिरहेका छौं। त्यही कारण देशी विदेशका शक्ति यस पार्टीलाई ध्वस्त पार्न लागेका छन्’ ओलीले भने ‘यो पार्टीको नेतृत्वमा म भएकाले र विकास निर्माणले गति लिएकाले ममाथि प्रहार भएको छ।  सम्पुर्ण रुपमा ममाथि तिव्र गतिमा भएको छ।

योजनावद्ध ढङ्गले विकास गर्ने प्रयासमा सरकार रहेको ओलीले बताए। ‘हाम्रो कामको गति र वेग असाधारण छु, ओलीले भने, ‘पहिले १ वर्षमा १० किलोमिटर सडक बन्थ्यो अहिले दिनमा ५.७ किलोमिटर बाटो बनेका छन् यो कति गुणा हुन्छ तपाईं आफैं सोच्नुस।’

उनले एउटै जिल्लाको एउटा मात्र निर्वाचन क्षेत्रमा पाँच वटा पुल बनाएको र हिजोमात्र आफूले ३१ वटा पुल उद्घाटन गरेको उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here