प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

79

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहले वार्ता टोली गठन गरिसकेको जानकारी प्राप्त भएको छ । विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

वार्टा टोलीमा प्रकाण्डका अलावा दिपक चलाउने छन् । सरकारसँग वार्ताका लागि ८ फागुनमा विप्लवले प्रेस वक्तव्यमार्फत् वातावरण बनाउन आग्रह गरेका थिए । वार्ताको पहल भइरहँदा विप्लवको विज्ञप्ति आएको थियो ।

आज सरकारका तर्फबाट गृहमन्त्री बादलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन भएको थियो । अब सरकार र विप्लव समूहबीच वार्ता हुने भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here