ललितपुरको एकान्तकुनामा सवारी दुर्घटना हुदा एकको मृत्यु

93

काठमाडौंं ।  ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ ।

स१ज ५६७ नं को जीपले ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते दाहालको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

साे घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् । दाहाल सोही क्याम्पसका विद्यार्थी हुन् ।गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here