अफगानिस्तानमा सेनाले गरिएको कारबाहीमा २३ तालिबान लडाकू मारिए

19

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाई बिहीबार बताउनु भएको छ ।
यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here