छ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

342

अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार आयल निगममा घेराउन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै आयल निगमले दुई सातामा तीन पटक मूल्य वृद्धि गरेको छ । विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरी कृष्ण गजुरेलले पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुदा त्यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परेको भन्दै मूल्यबृद्धि फिर्ता लिनुपर्ने बताए । अहिलेको विरोध साङ्केतिक कार्यक्रममात्र भएको भन्दै सरकारले आफुहरुको कुरा नसुने अन्य संघर्षका कार्यक्रम ल्याउने उहाले बताए ।

यस्तै काठमाडौं विश्वविद्यालयबाट मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि नबढाउन पनि विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here