सुन प्रतितोलामा १ हजार रुपैयाँले घट्ययाे

50

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज बिहीबार सुन प्रतितोलामा १ हजार रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला आज ८६ हजार ५० रुपैयाँ कारोबार भएको छ । बिहीबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदी २५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here