न्युजिल्यान्डमा ७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

84

एजेन्सी । न्युजिल्यान्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ ।

तीन पटकसम्म भूकम्पको धक्कापछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको जनाएको छ ।

राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटमा सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सर्वसाधारणलाई अपील गरेको हो ।

भूकम्पका कारण न्यू क्यालेन्डोनिया र भानुआटुको दक्षिणी क्षेत्रमा पानीको छाल र सतह बढेको छ ।

भूकम्पपछि दक्षिण अमेरिकाका पेरु इक्वेडर र चिलीलगायतका राष्ट्रहरु सुनामीबाट प्रभावित हुनसक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here